नागार्जुनको जंगलको आगो नियन्त्रणका लागि सुन्दरीजलबाट हेलिकप्टरमा यसरी लगियो पानी

काठमाडौँ: काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगलागी नियन्त्रण गर्न हेलिकप्टरबाट पानी लगिएको छ। सुन्दरीजलबाट सिम्रिक एयरलाइन्सको हेलिकप्टरले आगलागी नियन्त्रणका लागि पानी लगिएको हो। आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र महानगरपालिकाको दमकल पनि प्रयोग भएको थियो। डढेलो नियन्त्रणमा सुन्दरीजलको पानी। pic.twitter.com/UXTfSoNDtH — Madhav Belbase (@BelbaseMadhav) April…

सम्बन्धित सामग्री

दैलेख आगलागी [अपडेट] : ४ घाइतेलाई हेलिकप्टरबाट कोहलपुर लगियो

दैलेखको आठबीस नगरपालिका-६ स्थित सामुदायिक वनमा लागेको आगो  निभाउने क्रममा घाइते भएका ४ जनालाई थप उपचारका लागि बाँकेको कोहलपुर लगिएको छ ।

सांसद भण्डारीलाई थप उपचारका लागि भारत लगियो

काठमाडौं । ग्यास सिलिन्डर विस्फोटपछि आगो लागेर घाइते हुनुभएका नेपाली कांग

क्यालिफोनिया डढेलो : ६ हजार जनालाई सुरक्षित क्षेत्रमा लगियो

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा लागेको डढेलोका कारण ६ हजार मानिसलाई खाली गरिएको छ । राज्यको योसेमिटी राष्ट्रिय निकुञ्जनजिकै तीव्र रूपमा डढेलो फैलिएपछि मारिपोस काउन्टीमा आपत्कालसमेत घोषणा गरिएको छ। आगो नियन्त्रण गर्न २ हजार अग्नि नियन्त्रक र १७ ओटा हेलिकोप्टर परिचालन गरिएका क्यालिफोर्निया डिपार्टमेन्ट अफ फोरेस्ट्री एण्ड फायर प्रोटेक्सनले जनाएको छ । १४ हजार २ सय […]

क्यालिफोर्नियामा डढेलो: ६ हजार जनालाई सुरक्षित क्षेत्रमा लगियो

अमेरिकाको क्यालिफोर्नियामा लागेको डढेलोका कारण ६ हजार मानिसलाई सुरक्षित क्षेत्रमा सारिएको छ । राज्यको योसेमिटी राष्ट्रिय निकुञ्जनजिकै तीव्र रूपमा डढेलो फैलिएपछि मारिपोस काउन्टीमा आपत्कालसमेत  घोषणा गरिएको छ।आगो नियन्त्रण गर्न २ हजार अग्नि नियन्त्रक र १७ ओटा हेलिकोप्टर परिचालन गरिएका  क्यालिफोर्निया डिपार्टमेन्ट अफ फोरेस्ट्री एण्ड फायर प्रोटेक्सनले जनाएको छ । १४ हजार २ सय हेक्टर क्षेत्रमा फैलिएको आगो अहिलेसम्म नियन्त्रणमा नआएको प्राप्त विवरणहरूमा जनाइएको छ । तातो र न्यून आद्रताका क

लक्ष्मीलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगियो

१७ जेठ, डोटी । आफ्नै श्रीमानले आगो लगाउँदा जलेर घाइते भएकी डोटी आदर्श गाउँपालिका–४ रोडिङ्गकी २८ वर्षीया लक्ष्मी भाटलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमार्फत लक्ष्मीलाई सोमबार काठमाडौं लगिएको …

मोदीको भ्रमणका क्रममा बंगलादेशमा हिंसात्मक प्रदर्शन, पाँच जनाको ज्यान गयो

काठमाडौं । बंगलादेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोधमा हिंसात्मक विरोध प्रदर्शन भएका छन् । बंगलादेशको ५० औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा आयोजित उत्सवमा सहभागी हुन दुई दिनका लागि मोदी शुक्रवार राजधानी ढाका पुगेका हुन्। एउटा इस्लामिक धार्मिक संगठनले शनिवार पनि विरोधप्रदर्शनको कार्यक्रम राखेको छ भने आइतवार हडताल गर्ने घोषणा गरेको छ। शुक्रवार भएको प्रदर्शनमा प्रहरीले कारबाही गर्दा चटगाउँमा चार जना र ब्राह्मनबारियामा एकसहित कम्तीमा पाँच जनाको मृत्यु भएको प्रहरी तथा स्थानीय स्रोतलाई उद्धृत गर्दै बीबीसी बाङ्ग्लाले जनाएको छ। ढाकासहित विभिन्न स्थानमा प्रहरीसँग भएको झडपमा कैयौँ मानिसहरू घाइते भएको बताइएको छ। किन भयो विरोध र हिंसा ? बीबीसी बाङ्ग्लाका अनुसार ढाकामा विगत केही सातादेखि वामपन्थी र दक्षिणपन्थी सङ्गठनहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमणको छुट्टाछुट्टै विरोध गरिरहेका थिए। ढाका विश्वविद्यालयमा विद्यार्थीहरूले पनि मोदीको भ्रमणको विरोध गर्दै आएका थिए। विदेशी नेताहरूको भ्रमण तथा देशको स्वतन्त्रता दिवसलाई दृष्टिगत गरेर ढाकामा सुरक्षाव्यवस्था कडा पारिएको थियो। ढाकामा शुक्रवारको प्रार्थनापछि मानिसहरूले मोदीविरुद्ध नारा लगाउन तथा तोडफोड गर्न थालेपछि प्रहरीले कारबाही गरेको बीबीसीले जनाएको छ । अन्य स्थानमा पनि विरोध चर्किँदा हिंसा भयो। दक्षिणपन्थी इस्लामिक सङ्गठनहरूले मोदीको नीति ‘मुस्लिम समुदायविरोधी’ भएको आरोप लगाउँदै विरोध गरिरहेका छन्। भारतले बाङ्ग्लादेशसँग ‘हेपेर व्यवहार गर्ने गरेकोू आरोप लगाउँदै प्रदर्शनकारीहरूले भारतीय आक्रामकता’ को विरोध गरेको दाबी गरेका छन्। शुक्रवार चटगाउँ र ब्राह्मनबारियामा के भयो ? ढाकामा प्रहरीले कारबाही गरेको सूचना पाएपछि चटगाउँस्थित हाटहजारी मदरसाबाट विरोध र्‍याली निकालिएको बाङ्ग्लादेशी सञ्चारमाध्यमले जनाएका छन्। प्रहरीले कारबाही गर्दा घाइते भएका मानिसलाई चटगाउँ मेडिकल कलेजको अस्पतालमा लगियो। घाइतेमध्ये कम्तीमा चार जनाको मृत्यु भएको त्यहाँस्थित एक प्रहरीले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन्। ब्राह्मनबारियामा पनि शुक्रवार मदरसाका विद्यार्थीहरूले एउटा र्‍याली निकालेका थिए। चटगाउँमा प्रदर्शनकारीको मृत्यु भएको सूचना पाएपछि उनीहरू उग्र भए। स्थानीय पत्रकार सेलिम परवेजका अनुसार प्रदर्शनकारीहरूले रेलस्टेशनमा आगो लगाइदिए तथा सहरका विभिन्न स्थानमा तोडफोड र गाडीहरूमा आगजनी गरे। त्यसपछि प्रहरीले गोली चलाएको र गोली लागेकामध्ये एक जनाको मृत्यु भएको बताइएको छ। परवेजका अनुसार मृतक मदरसाका विद्यार्थी हुन्। बीबीसी