मोदीको भ्रमणका क्रममा बंगलादेशमा हिंसात्मक प्रदर्शन, पाँच जनाको ज्यान गयो

काठमाडौं । बंगलादेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोधमा हिंसात्मक विरोध प्रदर्शन भएका छन् । बंगलादेशको ५० औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा आयोजित उत्सवमा सहभागी हुन दुई दिनका लागि मोदी शुक्रवार राजधानी ढाका पुगेका हुन्। एउटा इस्लामिक धार्मिक संगठनले शनिवार पनि विरोधप्रदर्शनको कार्यक्रम राखेको छ भने आइतवार हडताल गर्ने घोषणा गरेको छ। शुक्रवार भएको प्रदर्शनमा प्रहरीले कारबाही गर्दा चटगाउँमा चार जना र ब्राह्मनबारियामा एकसहित कम्तीमा पाँच जनाको मृत्यु भएको प्रहरी तथा स्थानीय स्रोतलाई उद्धृत गर्दै बीबीसी बाङ्ग्लाले जनाएको छ। ढाकासहित विभिन्न स्थानमा प्रहरीसँग भएको झडपमा कैयौँ मानिसहरू घाइते भएको बताइएको छ। किन भयो विरोध र हिंसा ? बीबीसी बाङ्ग्लाका अनुसार ढाकामा विगत केही सातादेखि वामपन्थी र दक्षिणपन्थी सङ्गठनहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमणको छुट्टाछुट्टै विरोध गरिरहेका थिए। ढाका विश्वविद्यालयमा विद्यार्थीहरूले पनि मोदीको भ्रमणको विरोध गर्दै आएका थिए। विदेशी नेताहरूको भ्रमण तथा देशको स्वतन्त्रता दिवसलाई दृष्टिगत गरेर ढाकामा सुरक्षाव्यवस्था कडा पारिएको थियो। ढाकामा शुक्रवारको प्रार्थनापछि मानिसहरूले मोदीविरुद्ध नारा लगाउन तथा तोडफोड गर्न थालेपछि प्रहरीले कारबाही गरेको बीबीसीले जनाएको छ । अन्य स्थानमा पनि विरोध चर्किँदा हिंसा भयो। दक्षिणपन्थी इस्लामिक सङ्गठनहरूले मोदीको नीति ‘मुस्लिम समुदायविरोधी’ भएको आरोप लगाउँदै विरोध गरिरहेका छन्। भारतले बाङ्ग्लादेशसँग ‘हेपेर व्यवहार गर्ने गरेकोू आरोप लगाउँदै प्रदर्शनकारीहरूले भारतीय आक्रामकता’ को विरोध गरेको दाबी गरेका छन्। शुक्रवार चटगाउँ र ब्राह्मनबारियामा के भयो ? ढाकामा प्रहरीले कारबाही गरेको सूचना पाएपछि चटगाउँस्थित हाटहजारी मदरसाबाट विरोध र्‍याली निकालिएको बाङ्ग्लादेशी सञ्चारमाध्यमले जनाएका छन्। प्रहरीले कारबाही गर्दा घाइते भएका मानिसलाई चटगाउँ मेडिकल कलेजको अस्पतालमा लगियो। घाइतेमध्ये कम्तीमा चार जनाको मृत्यु भएको त्यहाँस्थित एक प्रहरीले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन्। ब्राह्मनबारियामा पनि शुक्रवार मदरसाका विद्यार्थीहरूले एउटा र्‍याली निकालेका थिए। चटगाउँमा प्रदर्शनकारीको मृत्यु भएको सूचना पाएपछि उनीहरू उग्र भए। स्थानीय पत्रकार सेलिम परवेजका अनुसार प्रदर्शनकारीहरूले रेलस्टेशनमा आगो लगाइदिए तथा सहरका विभिन्न स्थानमा तोडफोड र गाडीहरूमा आगजनी गरे। त्यसपछि प्रहरीले गोली चलाएको र गोली लागेकामध्ये एक जनाको मृत्यु भएको बताइएको छ। परवेजका अनुसार मृतक मदरसाका विद्यार्थी हुन्। बीबीसी

सम्बन्धित सामग्री

इराकमा हिंसात्मक प्रदर्शन : २० जनाको मृत्यु, राष्ट्रपति भवन कब्जा

१४ भदौ, काठमाडौं । इराकका धर्मगुरु मुक्तदा अल-सद्रले राजनीति परित्याग गर्ने घोषणा गरेसँगै हिंसात्मक प्रदर्शन बढेको छ । हालसम्म २० जनाको मृत्यु  भएको र प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । समाचार संस्थाहरूमा प्रकाशित रिपोर्टका अनुसार शिया धर्मगुरु मुक्तदा अल-सद्रले हिंसा र हतियारको प्रयोग बन्द नभएसम्म अनशन बस्ने घोषणा गरेका छन् । […]

बंगलादेशमा तेलको मूल्य ५० प्रतिशतले बढ्यो, सडकमा हिंसात्मक प्रदर्शन

बंगलादेशमा पेट्रोल र डिजेलको मूल्यमा भएको भारी वृद्धिपछि देशभर हिंसात्मक प्रदर्शन भएको छ । सरकारले शुक्रबार पेट्रोलमा ५१ दशमलव ७ प्रतिशत र डिजेलको मूल्य ४२ दशमलव ५ प्रतिशतले बढाएको थियो । यसपछि मानिसहरु आफ्नो गाडी लिएर पेट्रोल पम्पमा लाइन लाग्न हिँडे ।बंगलादेशमा भएको प्रदर्शन यति उग्र थिए कि थुप्रै शहरमा आगजनी र ढुङ्गामुडासमेत  भए । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नुपरेको थियो । शनिबार पेट्रोलियम पदार्थको मूल्यवृद्धि लागू हुनुअघि देशभरका पेट्रोल पम्पमा ठूलो संख्यामा मा

बंगलादेशमा तेलको मूल्य बढेसँगै हिंसात्मक प्रदर्शन

एजेन्सी- बंगलादेशमा पेट्रोल र डिजेलको मूल्यमा भएको भारी वृद्धिपछि देशभर हिंसात्मक प्रदर्शन भएको छ। सरकारले शुक्रबार पेट्रोलमा ५१ दशमलव ७ प्रतिशत र डिजेलको मूल्य ४२ दशमलव ५ प्रतिशतले बढाएको थियो। मूल्य बढेसँगै प्रदर्शनकारीहरूले धेरै सहरमा आगजनी र ढुङ्गा हान्ने काम गरेका थिए। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नुपरेको थियो। शनिबार पेट्रोलियम पदार्थको मूल्यवृद्धि लागू […]

‘अग्निपथ’ योजनाविरुद्ध भारतमा हिंसात्मक प्रदर्शन

नयाँदिल्ली । भारतमा संघीय सरकारले घोषणा गरेको अग्निपथ योजनाविरुद्धका प्रदर्शन हिंसात्मक हुन थालेको छ । आइतबार प्रदर्शनका क्रममा आन्दोलनकारीले ३ सय ४० भन्दा बढी रेल सेवालाई प्रभावित पारेका छन् भने ठूलो भौतिक क्षति भएको छ । अग्निपथ योजनाका विरुद्धमा विशेष गरेर युवा आक्रोशित भएका छन् । उनीहरुले अन्याय र अव्यावहारिक योजना सरकारले ल्याएकाले त्यो फिर्ता […]

‘अग्नीपथ’ योजना विरुद्ध भारतमा हिंसात्मक प्रदर्शन

नयाँ दिल्ली । भारतमा सङ्घीय सरकारले घोषणा गरेको अग्नीपथ योजना विरुद्धका प्रदर्शन हिंसात्मक हुन थालेका छन् । प्रदर्शनका क्रममा आन्दोलनकारीले ३४० भन्दाबढी रेल सेवालाई प्रभावित पारेका छन् भने ठूलो भौतिक क्षति भएको छ । अग्नीपथ योजनाका विरुद्धमा विषेश गरेर युवा आक्रोसित भएका छन् । उनीहरुले अन्याय र अव्यवहारिक योजना सरकारले ल्याएकाले त्यो फिर्ता हुनुपर्ने माग […]

‘अग्नीपथ’ योजना विरुद्ध भारतमा हिंसात्मक प्रदर्शन

भारतमा संघीय सरकारले घोषणा गरेको अग्नीपथ योजना विरुद्धका प्रदर्शन हिंसात्मक हुन थालेका छन्। प्रदर्शनका क्रममा आन्दोलनकारीले ३४० भन्दाबढी रेड सेवालाई प्रभावित पारेका छन् भने ठूलो भौतिक क्षति भएको छ।अग्नीपथ योजनाका विरुद्धमा विषेश गरेर युवा आक्रोसित भएका छन्। उनीहरूले अन्याय र अव्यवहारिक योजना सरकारले ल्याएकाले त्यो फिर्ता हुनुपर्ने माग गरेका छन्। भारतको संघीय रक्षा मन्त्रालयले गत मङ्गलबार घोषणा गरेको अग्नीपथ योजनाअनुसार सैनिक सेवामा प्रवेश गरेका ७५ प्रतिशत युवाले चार वर्षमै अवकास पाउने छन्।भ

काजकिस्तान हिंसात्मक प्रदर्शन, चेतावनी बिनै गोली चलाउन सेनालाई निर्देशन

एजेन्सी, २३ पुस। काजकिस्तानका अधिनायकवादी नेताले चेतावनी बिनै गोली चलाउन सेनालाई निर्देशन दिएका छन्। इन्धनको मूल्यवूद्धिको विरोधमा जारी हिंसात्मक प्रदर्शनीको छैटौं दिन त्यहाँका नेताले सेनालाई उक्त निर्देशन दिएका हुन्। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन नसकेको खण्डमा सेनालाई गोली चलाउन निर्देशन दिएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ। त्यहाँका अधिनायकवादी नेताको उक्त निर्देशनपछि शुक्रबार सबैभन्दा बढी प्रदर्शनकारी रहेको काजकिस्तानको ठूलो […]

दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शन र लुटपाट, ७२ जनाको मृत्यु

काठमाडौँ : दक्षिण अफ्रिकामा जारी हिंसात्मक प्रदर्शनमा अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ।  पूर्व राष्ट्रपति जेकोब जुमा जेल परेपछि करिब एक सातादेखि भइरहेका हिंसात्मक प्रदर्शनहरूमा अहिलेसम्म ७२ जनाको ज्यान गएको बिबिसीले जनाएको छ।सरकारले लुटपाट र हिंसात्मक प्रदर्शनलाई रोक्न सेना परिचालन गरेपनि हिंसात्मक प्रदर्शन र लुटपाट जारी रहेको छ। राष्ट्रपति सिरिल रामाफोसाले आम नागरिकलाई ‘हिंसाविरुद्ध उभिन’ आह्वान गरेका छन्। उनले हिंसाबाट टाढा रहन र देशलाई अस्थिर बनाउन चाहनेविरुद्ध दृढ

पूर्वराष्ट्रपति जुमालाई जेल पठाएपछि दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शन

बीबीसी।दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमालाई जेल पठाइएपछि हिंसात्मक प्रदर्शन भएका छन्।अदालतको मानहानी मुद्दामा दोषी ठहर भएपछि जुमालाई जेल पठाइएको हो।काजुल–नताल प्रान्तमा सबैभन्दा बढी हिंसात्मक प्रदर्शन भएको बताइएको छ।पसल,मलहरुमा आगलागी गर्नेदेखि लुटपाट मच्चाउने कामसमेत भएको स्थानीय प्रहरीले जनाएको छ।दक्षिण अफ्रिका सरकारकाले कयौं प्रदर्शनकारीलाई पक्राउ गरेको छ।जुमाका समर्थकहरुले हिंसा मच्चाएको आरोप प्रहरीको छ।जुमा सन् २००९ देखि २०१८सम्म दक्षिण अफ्रिकाको राष्ट्रपति थिए।