रसायनिक मल बिनै रोपाइँ गरेका किसानले गोड्ने बेलासम्म मल नपाउँदा धान पहेँलिन थालेको बताएका छन् । बिना मल रोपाइँ गरिएकोमा नियमित वर्षा पनि नहुँदा रोपो सुकेको थियो । अहिले धान गोड्ने बेला भएको छ । धान गोडेर मल छर्नुपर्ने बेलासम्म पनि मल नपाउँदा किसान निराश छन् ।