स्याङ्जा – रासायनिक मलको अभाव खेपिरहेका यहाँका किसान सोमवारदेखि मल पाइने खबरले खुसी देखिएका छन् । स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको डिपोमार्फत रासायनिक मल (डीएपी) वितरण हुने खबर पाएका किसान खुसी भएका हुन् ।
लामो समयदेखि रासायनिक मलको चर्को अभावका कारण तरकारी खेती, धान, मकैको उत्पादनमा कमी हुँदै आएको बेला सोमवारदेखि मल वितरण हुने भएपछि आफूलाई खुसी लागेको वालिङ–८ की किसान रन्नता बगालेले बताउनुभयो ।
‘रोपाइँको बेला हुन लागेको थियो, रासायनिक मल नहुँदा चिन्ता लागे...