किसान भन्छन्: सरकार हामीलाई अरु हैन मल देऊ

किसानले मल नपाएपछि नेपाल मजदुर किसान पार्टी निकट नेपाल क्रान्तिकारी किसान सङ्घले आजबाट आन्दोलन सुरु गरेको छ। सरकारलाई मल ल्याउन दबाब दिने उद्देश्यले आज काठमाडौँको रत्नपार्कबाट जुलुस निकाली विभिन्न ठाउँको परिक्रमा गर्दै भोटाहिटी पुगेर सभामा समापन गर्ने सङ्...

सम्बन्धित सामग्री

माइतीघरमा सरकारविरुद्ध किसानहरूको प्रदर्शन

मल नपाएको भन्दै किसानहरुले माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । सरकार बाहिर रहेका एमालेसहित पाँच कम्युनिस्ट घटक समर्थित किसान संगठनहरुले बुधबार माइतीघरमा सरकार विरुद्ध प्रदर्शन गरेका हुन् । हाल भइरहेको रासायनिक मलको अभाव, पेट्रोलियमको मूल्यवृद्धि, बढ्दो महँगीलगायत रासायनिक मलमा भइरहेको कालोबजारीको नियन्त्रण गर्न माग राख्दै उनीहरुले संयुक्त किसान आन्दोलन गरेका हुन् । प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले हातमा धानको बिउ बोकेर सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

माइतीघरमा सरकारविरुद्ध किसानहरूको प्रदर्शन

काठमाडौँ- मल नपाएको भन्दै किसानहरूले माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । सरकार बाहिर रहेका एमालेसहित पाँच कम्युनिस्ट घटक समर्थित किसान संगठनहरुले बुधबार माइतीघरमा सरकार विरुद्ध प्रदर्शन गरेका हुन् । हाल भइरहेको रासायनिक मलको अभाव, पेट्रोलियमको मूल्यवृद्धि, बढ्दो महँगीलगायत रासायनिक मलमा भइरहेको कालोबजारीको नियन्त्रण गर्न माग राख्दै उनीहरूले संयुक्त किसान आन्दोलन गरेका हुन् । प्रदर्शनका क्रममा […]

मलमा छलैछल, किसानप्रति खेलवाड

असारको पहिलो हप्तासम्म धानमा हाल्ने मलको अत्तोपत्तो छैन। किसान धान रोप्न तयारी अवस्थामा रहेपनि मल अभावका कारण छटपटाइरहेका छन्। तर, सरकार भने कानमा तेल हालेर सुतिरहेको छ। सरकार सधैं किसानप्रति खेलवाड गर्दै आएको छ। कृषिविज्ञ लेखनाथ आचार्यले रासायानिक मल आपूर्ति गर्ने निकाय कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका पदाधिकारी तथा कर्मचारीको लापर्बाहीका कारण किसानले समयमा मल नपाएको बताउँछन्। ‘किसानले बर्सेनि मल अभावको सामना गरिरहनुपरेको छ। हरेक स्टेपमा स्वार्थ जोडिएको

मल खोस्दै किसान, सरकार भन्छ– अन्तर्राष्ट्रिय बजारमै मल पाइँदैन

एकातिर मनसुन समयमा सुरु भएपछि धान रोपाइँ सुरु गर्नुपर्ने बाध्यता छ । अर्कोतिर समयमा मल नपाएका कारण रोपेको धान खेतमै मर्ने हो कि भन्ने त्रासमा छन् किसान । शनिबार धादिङको धार्केमा किसानले रासायनिक मल बोकेर काठमाडौंतर्फ आउँदै गरेका दुईवटा ट्रकबाट मल खोसेर लगे ।

सरकार मलको व्यवस्था गर्न सक्दैन‚ किसानले ल्याएको पनि खोस्छ

कञ्चनपुर : रोपाइँ शुरु हुनै लाग्दा कञ्चनपुरका किसानलाई रासायनिक मल डिएपीको अभाव भएको छ। मलको अभावमै किसानले रोपाइँ गर्न थालेका छन्।अनुदानको मल नपाएका किसानले विगतदेखि नै भारतबाट आउने मल राखी रोपाइँ गर्ने गरेका थिए। यो वर्ष भने भारतीय मल ल्याउँदा सिमानामा प्रहरीले कडाइ गरेपछि किसान मलविना नै रोपाइँ गर्न थालेका छन्।‘भारतबाट ठूलो परिणाममा मल तस्करी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गर्दैन’, स्थानीय किसान भन्छन्, ‘सीमावर्ती बजार क्षेत्रमा अवैध रूपमा भित्र्याइएको भारतीय मल ठूलो परिमाणम

धान रोप्ने बेलामा मलको हाहाकार, किसानको पुकार : सरकार हामीलाई अरु हैन मल देऊ

भक्तपुर : किसानको जिल्ला भनेर चिनिने भक्तपुरमा रासायनिक मलको अभाव चुलिएको छ। यसवर्ष जेठमै वर्षा सुरु भएकाले  कतिपय ठाउँमा रोपाइँ गर्न तयारी गरिए पनि रासायनिक मल नहुँदा किसान मर्कामा परेका छन्। केही सहकारीले बेलैमा ल्याएको मल बिक्री सुरु गरेकाले पाँच किलो मल लिन किसानलाई रातभर लाइनमा बस्नु परेको छ। पैसा…

दुई महीनादेखि डीएपी मल गोदाममै, मकै किसानले पाएनन् मल

विराटनगर । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयको गोदाममा ४५ हजार बोरा डीएपी मल थन्किएको २ महीना भएको छ । मकै छर्ने मौसम शुरू भइसक्दा पनि किसानले डीएपी मल पाएका छैनन् । कम्पनीे भने मल विक्रीका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट वितरणको आदेश पर्खेर बसेको छ ।  सुनसरीको झुम्काका किसान प्रदीप काफ्ले भन्छन्, ‘मकै छर्नुअघि नै मल पाइएन, गोदाममा थन्क्याएर किसानलाई भारतीय कमसल मल प्रयोग गर्न सरकारले नै बाध्य बनाइरहेको छ ।’ सुनसरीको छिटाहाका किसान भुवनेश्वर यादवले ६ बिगाहामा छरेको मकै उम्रिसक्यो । यसका लागि आवश्यक डीएपी मल लिन उनी पटकपटक विराटनगरस्थित कृषि कम्पनीमा धाइरहेका छन् तर मल पाउन सकेका छैनन् ।  उनीहरूको चन्द्रोदय कृषि सहकारी संस्थामा ६८२ किसान आबद्ध छन् । झन्डै १०० हेक्टर जमीनका लागि उनीहरूलाई १०० टन मल चाहिन्छ । तर, कृषि सामग्रीले दामासाहीले वितरण गर्दा जति आउँछ उनीहरू बाँडेर लिन्छन् । अरू चाहिने बाँकी मल पारिबाट चोरी भई भित्रिएको किन्न बाध्य छन् । अहिले खेतमा मकै र उखुका लागि मल चाहिएको छ । तर, कृषि कम्पनीले वितरण गरेको छैन ।  गढी गाउँपालिकाका किसान श्यामसुन्दर चौधरी पनि मल हुँदाहुँदै पनि वितरण नहुँदा आश्चर्यमा छन् । उनको त्रिशक्ति कृषि सहकारीमा १०० किसान आबद्ध छन् जसको झन्डै ८ सय हेक्टर जमीन छ । मकै र उखुमा डीएपी हाल्ने समय भइसक्दा पनि मल नपाउँदा उनी निराश छन् ।  कृषि सामग्रीमा मल छ, १र२ सातामा वितरण हुन्छ भन्छन् तर वितरण गर्दैनन् । यसले गर्दा उत्पादन बढेर हुर्की जाने चिन्ता किसानमा छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका निमित्त प्रमुख कृष्ण लामिछानेले २ हजार २५० टन डीएपी आएको र गोदाममा राखिएको बताए । उनले किसानलाई प्रतिबोरा २२ सयमा विक्री गर्ने गरी मल आए पनि कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट आदेश नआएकाले विक्री गर्न नसकिएको बताए ।  प्रदेश १ को माग झन्डै ७० हजार टन रहे पनि अहिले २ हजार २५० टन मात्र आएको छ । यहीबाट २ नम्बर प्रदेश पनि पठाउनुपर्ने र १ नम्बर प्रदेशका १४ जिल्लामा पनि वितरण गर्नुपर्नेछ । तर, आदेश आएको छैन यस कारण वितरण हुन सकेको छैन । प्रदेश १ को कृषि मन्त्रालयले कुन जिल्लामा कति मल पठाउने भन्नेबारे स्पष्ट पारे पनि माथिको आदेश नआएकाले आफूले वितरण गर्न नसकेको उनले बताए । नेपाल सरकार र भारत सरकार बीच जी टु जी सम्झौता बमोजिमको युरिया मल आए किसानलाई यसपटक राहत हुने उनको भनाइ छ ।

कृषि पेशामा निराशा : गोठदेखि ओठसम्म किसान रुवाउँदै सरकार

मल, बीउ, सिंचाइ, मूल्य र राहत जस्ता विषयमा सरकार, व्यवसायी र दल निकट बिचौलियासँग मुलुकका अन्नदाता रुँदै हिंड्नुपर्ने विडम्बनापूर्ण अवस्थाले समग्र कृषि उपज माथिको परनिर्भरता झनै बढेको छ ।

भारतीय बजारबाट रासायनिक मल ल्याउन पाउनुपर्ने किसानको माग

रौतहटका किसानले भारतीय बजारबाट आफ्नो आवश्यकता अनुसार रासायनिक मल ल्याउन पाउनुपर्ने माग गरेका छन् ।सदरमुकाम गौरमा ‘आइटी किसान’ले बुधबार आयोजना गरेको कोणसभामा बोल्दै किसानका प्रतिनिधिले सीमा क्षेत्रमा किसानले भारतबाट ल्याएको मललाई सुरक्षाकर्मीले तस्करीको भन्दै नियन्त्रणमा लिने गरेकोमा आपत्तिसमेत जनाए ।सरकारले पर्याप्त मात्रामा किसानलाई रासायनिक मल उपलब्ध गराउन पनि नसक्ने र किसान आफैले जेनतेन ल्याएको मललाई पनि तस्करीको भन्दै प्रहरीले नियन्त्रणमा लिने गर्दा कयौं किसान मर्कामा परेको