दाङ : घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।आइतवार बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनतर्फका कर्मचारी गरि १ हजार ३६६ जनाको एक दिनको तलब बराबरको रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको राहतका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो। यही कात्तिक १७ गते मध्यरातमा जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति भएको जाजरकोट र रुकुम पश्चिमका बासिन्दाको उद्धार र पुन