नयाँ वर्षको शुरुआतसँगै घोराही उपमहानगरपालिकाले फोहोरलाई मोहरमा बदल्ने र पूर्ण सरसफाइयुक्त नगर बनाउने अभियानको थालनी गरेको छ ।
नयाँ वर्ष २०७८ को शुभारम्भसँगै उपमहानगरले नगल्ने फोहोरलाई मोहरमा बदल्ने अभियानको थालनी गरेको हो । उपमहानगरले गल्नेबाट ग्यास र नगल्ने फोहोरलाई खरीद गरेर पुनःप्रयोगमा ल्याउने कार्यक्रमको शुरुआत गरेको हो । गल्ने फोहोरबाट ग्यास उत्पादनको तयारी अन्तिम चरणमा पुगेको उपमहानगरले जनाएको छ ।
घोराही उपमहानगरपालिकाले घर, पसल, उद्योगबाट निस्किएको फोहोरलाई किन्ने भएको छ । पूर्ण सरसफाइयुक्त नगर बनाउने ...