घोराही उपमहानगर ः गठबन्धन भन्दा एमाले १,८२७ मतले अघि

घोराही उपमहानगरपालिकामा एमालेले गठबन्धनका उम्मेदवारलाई उछिनेको छ। ३६ हजार ३१ मत गन्दा एमालेबाट मेयरका उम्मेदवार नरुलाल चौधरी १३ हजार १ मतसहित पहिलो स्थानमा छन्। गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्मा...

सम्बन्धित सामग्री

दाङको घोराहीमा गठबन्धनको अग्रता

काठमाडौँ – दाङको घोराही उपमहानगर पालिकामा गठबबन्धनले अग्रता दिएको छ। प्रमुखमा गठबन्धनले ७९५ मत पाएका छन् भने एमालेले एमाले ७१२ ल्याएको छ। उप्रमुखमा पनि गठबन्धन अघि लागेको छ। गठबन्धले ७९५ मत पाउँदा एमालेले ६७० मत ल्याएको छ।

स्थानीय निर्वाचन : कुन उपमहानगरमा कसको अग्रता ?

वैशाख ३१, काठमाडौं  । मुलुकभरका ११ ओटा उपमहानगरमध्ये १० ओटा उपमहानगरमा मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार तुलसीपुर उपमहानगरपालिकाको १७ नम्बर वडामा निर्वाचन हुन बाँकी रहेको छ भने बाँकी १०  ओटा उपमहानगरमा मतगणना जारी छ। धनगढी, इटहरी र कलैया उपमहानगरमा भर्खरै मत गणना शुरु भएकाले नतिजा बाहिर आइसकेको छैन। नतिजा आएका सात ओटा उपमहानगरमा कतिपय स्थानमा नेकपा(एमाले)का उमेदवारले अग्रता लिएका छन् भने केहिमा गठबन्धनका उमेदवार अगाडि रहेका छन् ।  घोराही उपमहानगर  नेकपा(माओवादी केन्द्र) को अग्रता दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनको अग्रता रहेको छ। अहिलेसम्मको मतगणनामा गठबन्धन तर्फबाट प्रमुखमा नेकपा(माओवादी केन्द्र) का हेमराज शर्माले १७२ मत र नेकपा(एमाले) का नरुलाल चौधरीको १४५ मत प्राप्त गरेका छन्।  बुटवल उपमहानगरमा नेपाली काँग्रेसको अग्रता बुटवल उपमहानगरमा कुल १ हजार १०० मत गणना गर्दा गठबन्धनबाट प्रमुखमा नेपाली काँग्रेसका उमेदवारले अग्रता लिएका छन्। उक्त पार्टीका उम्मेदवार खेलराज पाण्डेले ४५५ मत ल्याएर अग्रता कायम राखेका छन्।  राप्रपाका मेयरका उम्मेदवार मृगेन्द्र शेरचनले २३६ मत र एमालेका बाबुराम भट्टराईले १७९ मत ल्याएका छन्। हेटौडामा नेकपा( एकीकृत समाजवादी) को अग्रता  हेटौंडा उपमहानगरमा कुल ९०४ मत गणना गर्दा नेकपा(एकीकृत समाजवादी)का उमेदवारले अग्रता लिएका छन्।  प्रमुखमा सो पार्टीकी मिनाकुमारी लामाले २८३ मत ल्याएकी छिन भने नेकपा(एमाले) बाट  अनन्त पौडेलले २७३ मत ल्याएका छन्।   नेपालगञ्जमा नेपाली काँग्रेसको अग्रता बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा नगर प्रमुखका उम्मेदवार प्रशान्त विष्टले प्रारम्भिक अग्रता लिएका छन् । १९८ मत गन्दा नगर प्रमुखका उम्मेदवार विष्टले ७९ मत, नेकपा(एमाले) का पशुपति दयाल मिश्रले २६ मत र राप्रपाका नन्दलाल वैश्यले ५ मत पाएका छन् ।  जनकपुरमा स्वतन्त्र उमेदवारको अग्रता जनकपुर उपमहानगरपालिकामा नेपाली काँग्रेसका बागी उमेदवार बनेका मनोज साहले अग्रता लिएका छन्। कुल ५०० मत गणना हुँदा साहले १७२ मत ल्याएका छन् भने नेकपा(एमाले) का शिवशङ्कर साहले ५७ मत ल्याएका छन्। गठबन्धनका उम्मेदवार जसपाका लालकिशोर साहले ३२ मत ल्याएका छन्। जितपुर सिमरामा नेकपा(माओवादी केन्द्र) को अग्रता  जितपुर सिमरा उपमहानगरमा गठबन्धनबाट   प्रमुख पदमा नेकपा(माओवादी केन्द्र) का राजन पौडेलले ५६९ मत प्राप्त गरेका छन् । त्यसैगरी लोसपा सञ्जय साहले ५६८ मत, नेकपा(एमाले) की सरस्वतीदेवी चौधरी २७७ मत ल्याएका छन् ।  धरानमा  नेपाली काँग्रेसको अग्रता  धरान उपमहानगरमा कुल २०० मत गणना हुँदा गठबन्धनबाट प्रमुखमा नेपाली काँग्रेसका किशोर राईले ७१ मत ल्याएका छन्। नेकपाा(एमाले) का मञ्जु भण्डारीले ३६ मत,स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ५८ मत ल्याएका छन्।

विगतका नमूना कार्यक्रमलाई लिएर जनतामा जान पोखरेलको निर्देशन

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले  एमाले सरकारमा हुँदा स्थानीय तह सञ्चालन गर्न सफल भएका नमूना कामलाई लिएर जनतामा जान कार्यकर्तालाई निर्देशन दिएका छन् । एमाले घोराही उपमहानगर कमिटीले शुक्रबार घोराहीमा आयोजना गरेको चुनावी प्रशिक्षण कार्यक्रममा उनले विकास, राष्ट्रियता, स्वाधीनता र समृद्धिको रक्षा गर्ने पक्षमा गठबन्धन नदेखिएको भन्दै उनीहरुलाई जनमत प्राप्त गर्ने अधिकारसमेत नभएको बताए ।स्थानीय तहको निर्वाचन विकास र समृद्धिमा केन्द्रित हुनुपर्ने भन्दै उनले एमालेको एउटै उद्देश्य देश बनाउने र त