झापा। झापाका एमाले नेता डिल्ली घिमिरेले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। मेयर पदको उम्मेद्वारीका लागि पार्टीबाट टिकट पाउने सम्भावना नरहेपछि उनले पार्टी परित्यागको घोषणा गरेका हुन्।
एमालेका जिल्ला कमिटी सदस्य तथा झापा क्षेत्र नं १ समन्वय कमिटिका संयोजकसमेत रहेका नेता घिमिरेले एमाले परित्याग गरेको घोषणा गरेका हुन्।