काठमाडौँ : कोभिड १९ संक्रमणको जोखिम पुनः बढ्दै गएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो बुस्टर डोज खोप लगाउनुपर्ने निर्णय गरिसकेको छ।राष्ट्रिय खोप सल्लाहकार समितिको मिति २०७९ भदौ २० गतेको सिफारिस तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मन्त्रिस्तरीय २०७९ कात्तिक १७ गतेको निर्णयअनुसार कोभिडविरुद्ध खोपको दोस्रो बुस्टर डोज खोप लगाउन सिफारिस समेत गरिसकेको छ।यही सिफारिस अनुसार २०७९ कात्तिक १७ गतेको मिति राखेर परिवार कल्याण महाशाखाले प्रदेश स्वास्थ्य निर्देशनालय ७ वटै र ७७ स्वास्