कोभिड सङ्क्रमणका कारण अस्पताल जाने बिरामीको सङ्ख्या घट्यो

कोभिड सङ्क्रमणसँगै सरकारी र निजी अस्पतालमा घट्दै बिरामी नेपालमा कोरोना सङ्क्रमण फैलिएसँगै सरकारी तथा निजी अस्पतालमा बिरामीको सङ्ख्या घटेको छ । चीनको वुहानबाट शुरु भएको कोभिड–१९ विश्वका विभिन्न मुलुक हुँदै नेपालमा समेत प्रवेश गरेसँगै चैतमा सरकारले गरेको बन्दाबन्दीपछि अस्पताल जाने बिरामीको सङ्ख्या घटेको हो । महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पताल (टिचिङ)मा बिरामीको सङ्ख्या घटेको हो । कोभिड–१९ को सङ्क्रमण हुनुपूर्व दैनिक दुई हजार ५०० हाराहारीका बिरामीलाई बहिरङ्ग सेवा (ओपिडी) प्रदान गर्दै आएको सो अस्पतालले अहिले दैनिक एक हजार ५०० हाराहारीमा मात्र बहिरङ्ग सेवा प्रदान गर्दै आएको छ । अस्पतालका प्रवक्ता रामविक्रम अधिकारी अस्पतालमा पुगेपछि कोरोना सङ्क्रमण दर फैलिने डरका कारण पनि बिरामी घरमै बसेकाले अस्पतालमा बिरामीको सङ्ख्या घटेको बताउनुहुन्छ । छ सय ६२ श्ययाको यस अस्पतालले कोभिड–१९ को बिरामी उपचारका लागि १०० श्यया छुट्याएको थियो । यस अस्पतालले सरकारले बन्दाबन्दी गरेको समयमा पनि सबै सेवा प्रदान गरेको थियो । कोभिड–१९ सङ्क्रमण अगाडि विभिन्न रोगका दैनिक ४० वटासम्म शल्यक्रिया गरेको टिचिङले अहिले जम्मा १० वटासम्म शल्यक्रिया गर्दै आएको छ । यस्तै सुत्केरी महिलाका लागि भने नियमित शल्यक्रिया र प्रसूति सेवा प्रदान गरिएको थियो । विभिन्न सङ्घसंस्था तथा सरकारी सहयोगका कारण कोभिडको उपचारमा यस अस्पतालले कुनै पनि समस्या भोग्न नपरेको प्रवक्ता अधिकारीको भनाइ छ । चार सय ६० श्यया रहेको वीर अस्पतालले कोभिड–१९ का बिरामीका लागि १६० श्यया छुट्याएर स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो । पछिल्लो समय बिरामी घटेसँगै कोभिड श्ययासमेत घटाएको छ । अस्पतालका नर्सिङ डाइरेक्टर गोमादेवी निरौला वीर अस्पतालले एकैपटक १२० कोभिड बिरामीको उपचार गरेको बताउनुहुन्छ । “चाहिएको बेलामा स्वास्थ्य सामग्री नपाउँदा उपचारमा समस्या भयो”, उहाँ भन्नुहुन्छ । वीर अस्पतालमा कोभिड–१९ सङ्क्रमण हुनुपूर्व दैनिक दुई हजार हाराहारीमा बहिरङ्ग सेवाका लागि जाने गरेका थिए । कोभिड सङ्क्रमणका समयमा ओपिडी सेवाका लागि दैनिक २०० बिरामी जाने गरेकामा अहिले विस्तारै बढेर एक हजार हाराहारी जाने गरेको अस्पतालले जनाएको छ । निजी लगानीमा सञ्चालित अस्पतालले भने कोभिड–१९ को समयमा प्रभावकारी रुपमा सेवा सञ्चालन गर्न सकेनन् । टोखामा रहेको ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालले कोभिडको समयमा बिरामी नहुँदा केही सेवा सञ्चालन गर्न नसकेको बताएको छ । सो अस्पतालका महाप्रबन्धक विकासमान सिंहले कोभिड सङ्क्रमणसँगै बिरामी नहुँदा सबै किसिमका उपचार सञ्चालन गर्न नसकेको बताउनुहुन्छ । ग्राण्डीले कोभिडको समयमा रोकिएको मिर्गाैला प्रत्यारोपण सेवा पुस ४ गते शनिबारदेखि पुनः सञ्चालन गरेको छ । ग्राण्डीले अहिलेसम्म ५७ जनाको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको जनाएको छ । दुई सय श्ययामार्फत बिरामीलाई सेवा प्रदान गर्दै आएको ग्राण्डीले कोभिड सङ्क्रमण शुरु हुनुपूर्व दैनिक ५०० देखि ७०० सम्म ओपिडी सेवा प्रदान गर्दै आए पनि हाल दैनिक २०० देखि ३०० बिरामी आउने गरेका छन् । निजी लगानीमा सञ्चालित अस्पतालले कोभिड–१९ को बिरामीको उपचार कम गरे पनि ग्राण्डीले भने ५४ श्यया छुट्याएर भेन्टिलेटर, सघनउपचार कक्षसहितको कोभिड–१९ को बिरामीको उपचार गर्दै आएको छ । ग्राण्डीले हालसम्म ३३० कोरोना सङ्क्रमित बिरामीको उपचार सम्पन्न गरिसकेको जनाएको छ । कोभिड सङ्क्रमणको समयमा ग्राण्डी अस्पतालमा शल्यक्रियासमेत घटेको छ । कोभिड–१९ अगाडि मासिक ४०० व्यक्तिको विभिन्न रोगको शल्यक्रिया गर्दै आएको यस अस्पतालले कोभिड शुरु भएसँगै महिनाको १०० हाराहारीमा मात्रै शल्यक्रिया गरेको छ । कोभिडको समयमा स्वास्थ्य सामग्रीको अभाव र पाएका सामग्री पनि महङ्गो शुल्कमा खरीद गर्नुपर्ने भएकाले उपचारमा केही समस्या भएको महाप्रबन्धक सिंहको भनाइ छ । सरकारले कोभिड–१९ को उपचारका समयमा निजी स्वास्थ्य सेवा प्रदायक संस्थासँग छलफल नगरी एकतर्फी निर्देशिका जारी गर्दा समस्या परेको निजी अस्पतालका सञ्चालकहरु बताउँछन् । कोभिड–१९ का कारण बिरामीको सङ्ख्या घट्दा स्वास्थ्य सामग्री बिक्रीवितरणसमेत घटेको छ । दुई वर्षदेखि काठमाडौँको सामाखुशीमा स्वास्थ्य सामग्री बिक्री गर्दै आएको ग्लोबल हस्पिको प्रालिले कोभिड–१९ का कारण अस्पतालमा स्वास्थ्य सामग्री बिक्रीवितरण घटेको बताएको छ । प्रालिका निर्देशक बद्रीनाथ घिमिरे कोभिडबाहेक अरु रोगका बिरामी अस्पताल नजाँदा स्वास्थ्य सामग्रीको बिक्रीवितरण घटेको बताउनुहुन्छ । कोभिडपछि बिरामीको चाप कम हुँदा स्वास्थ्य सामानको माग कम आउने गरेको उहाँको भनाइ छ ।

सम्बन्धित सामग्री

इन्धन अभावका कारण श्रीलंकामा अस्पताल बन्द हुने अवस्थामा

काठमाडौं । श्रीलंकामा इन्धन र औषधि अभावका कारण अस्पताल बन्द हुने अवस्थामा पुगेका छन् । शल्यक्रिया उपकरण र जीवन बचाउने औषधिहरूको आपूर्ति लगभग ठप्प भएपछि अस्पतालहरूको यस्तो नाजुक अवस्थामा पुगेको हो । चिकित्सक र बिरामीहरू समेत यातायात मार्फत सहज रूपमा हिंडडुल गर्न सक्ने अवस्थामा नभएको जनाइएकाे छ । श्रीलंकाले ८५ प्रतिशत भन्दा बढी औषधि र […]

अमेरिकामा कोरोनाका कारण अस्पताल भर्ना हुने बढे

संयुक्त राज्य अमेरिकाका पछिल्लो समयमा कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेहरुको संख्या बढ्न थालेको पाइएको छ।

अमेरिकामा कोरोनाका कारण अस्पताल भर्ना हुनेहरु बढ्न थाले

संयुक्त राज्य अमेरिकाका पछिल्लो समयमा कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेहरुको संख्या बढ्न थालेको पाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले अमेरिकामा पछिल्लो समयमा कोरोना र कोरोनाजन्य संक्रमणका कारण अस्पतालमा भर्ना हुने मानिसको संख्या बढ्न थालेको जनाएका छन् । अमेरिकी दैनिक पत्रिका ‘द न्युयोर्क टाइम्स’ले शुक्रबारको अंकमा सो समाचार दिएको छ । सो पत्रिकाले पछिल्ला केही …

अमेरिकामा कोरोनाका कारण अस्पताल भर्ना हुनेको संख्या बढ्दै

संयुक्त राज्य अमेरिकामा पछिल्लो समय कोरोनाभाइरसका कारण अस्पताल भर्ना हुनेहरुको संख्या बढ्न थालेको पाइएको छ। यहाँका स्वास्थ्य अधिकारीहरुले अमेरिकामा पछिल्लो समयमा कोरोना र कोरोनाजन्य संक्रमणका कारण अस्पताल भर्ना हुने मानिसको...

अमेरिकामा कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेहरूको संख्या बढ्यो

काठमाडौं- अमेरिकामा पछिल्लो समय कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेहरूको संख्या बढ्न थालेको पाइएको छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरूले अमेरिकामा पछिल्लो समयमा कोरोना र कोरोना जन्य संक्रमणका कारण अस्पतालमा भर्ना हुने मानिसको संख्या बढ्न थालेको जनाएका हुन् । अमेरिकी दैनिक पत्रिका ‘द न्युयोर्क टाइम्स’ को समाचारमा पछिल्ला केही हप्ताहरुमा अमेरिकाका नागरिकहरू कोरोना संक्रमण भएपछि अस्पताल भर्ना […]

कोरोना संक्रमणका कारण प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना

कोभिड १९ कोरोना संक्रमणका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सोमबार अस्पताल भर्ना भएका छन् । जबरा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका हुन् ।  केही दिनअघि परिवारका सदस्यलाई संक्रमण भएर अस्पताल भर्ना गरिएको थियो । परिवारका सदस्यबाटै प्रधानन्यायाधीशमा संक्रमण भएको अनुमान गरिएको छ । प्रधानन्यायाधीशको सचिवालयले भने यसबारे केही पनि बताउन चाहेको छैन । तर, प्रहरी अस्पताल स्रोतले भने प्रधानन्यायाधीश सोमबार भर्ना भएको पुष्टि गर्यो । आइतबार सर्वोच्च अदालत गएका प्रधानन्यायाधीश जब

मन्त्री झाँक्री मौसमी ज्वरोका कारण अस्वस्थ, अस्पताल भर्ना

काठमाडौं, ११ कार्तिक । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छिन् । मौसमी ज्वरोका कारण मन्त्री झाक्री अस्वस्थ भएको र अहिले अस्पताल भर्ना भएको उनको सचिवालयले जनाएको छ । मन्त्री भएपछि झाँक्री देश दौडाहामा निस्किएका थिईन् । दौडधुप र धपेडीका कारण उनलाई केही दिन आरामको जरुरी रहेको जनाईएको छ । file photo

गर्मीका कारण सर्पदंशका बिरामी बढे, टोकेलगत्तै अस्पताल जान डाक्टरको सुझाव

काठमाण्डाै - बढ्दो गर्मी र मनसुनका कारण तराईमा सर्पदंशका घटना बढ्न थालेका छन् । गर्मीयाममा तराई क्षेत्रमा सर्पदंशका घटना बढी हुने गरेको छ । लगातारजसो पानी पर्ने र तराईमा गर्मी पनि हुने भएकाले सर्प बाहिर निस्कने गरेको विज्ञले बताएका छन् । महोत्तरी, सिरहा, कैलाली, दाङलगायत तराईका जिल्लामा सर्पदंशका कारण उपचार गराउन अस्पताल जानेहरुको सङ्ख्या बढ्न थालेको छ । महोत्तरी जिल्ला अस्पताल जलेश्वरका मेडिकल सुपरिन्टेन्डेन्ट एवं निमित्त कार्यालय प्रमुख डाक्टर सतिश साहका अनुसार यसअघि एक/दुई जना आउने गरेकोमा अहिले दैनिक आठदेखि १० जनासम्...

भाइरल ज्वरोका कारण जिल्ला अस्पताल भरिभराउ

काठमाडौं। महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.सतिश साहका अनुसार विगत पाँच/सात दिनदेखि दैनिक ५० जना भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन्। तराई मधेशमा अत्यधिक गर्मी बढेको र समय–समयमा वर्षा पनि भइरहेका कारण भिज्ने वा चिसो पदार्थ पिउनाले शरीरले तापक्रम अनुकूलता नमिल्दा ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो हुने गरेको बताए।