काठमाण्डाै - बढ्दो गर्मी र मनसुनका कारण तराईमा सर्पदंशका घटना बढ्न थालेका छन् । गर्मीयाममा तराई क्षेत्रमा सर्पदंशका घटना बढी हुने गरेको छ ।
लगातारजसो पानी पर्ने र तराईमा गर्मी पनि हुने भएकाले सर्प बाहिर निस्कने गरेको विज्ञले बताएका छन् । महोत्तरी, सिरहा, कैलाली, दाङलगायत तराईका जिल्लामा सर्पदंशका कारण उपचार गराउन अस्पताल जानेहरुको सङ्ख्या बढ्न थालेको छ ।
महोत्तरी जिल्ला अस्पताल जलेश्वरका मेडिकल सुपरिन्टेन्डेन्ट एवं निमित्त कार्यालय प्रमुख डाक्टर सतिश साहका अनुसार यसअघि एक/दुई जना आउने गरेकोमा अहिले दैनिक आठदेखि १० जनासम्...