मतपेटिका गणना स्थलमा पुर्‍याउन थालियाे

दाङ – दाङमा मतपेटिका गणना स्थलमा पुर्‍याउन थालिएको छ। राति १२–१ बजेसम्म मतपेटिका गणनास्थलमा पुगिसक्नेछन्। सोमबार बिहानबाट मतगणना सुरु हुनेछ। दाङ क्षेत्र नम्बर १ को लमही नगरपालिका, २ को जिल्ला समन्वय समिति र क्षेत्र नम्बर ३ को भूसंरक्षण कार्यालय तुलसीपुरमा गरिनेछ । दाङमा ६० देखि ६३ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।

सम्बन्धित सामग्री

उदयपुर १ मा आज बिहानदेखि स्थगित भएको मत गणना अझै सुरु भएन

आइतबार बिहान प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको मतपेटिका भेटिएपछि स्थगित भएको उदयपुर १ को गणना अझै सुचारु भएको छैन।...

चार दिन बित्दा पनि हुम्लामा मतपेटिका संकलन हुन सकेन

काठमाडौं । हुम्लामा निर्वाचन भएको चार दिन बित्दा पनि मतपेटिका संकलन हुन सकेको छैन । प्रदेशसभा ख का मतपेटिकाहरू अझै सदरमुकाम आउन नसक्दा मत गणना पनि सुरु हुन सकेको छैन । सो क्षेत्रका ३४ केन्द्रका १ सय ३६ मतपेटिका सर्केगाड केन्द्रमा थन्क्याइएको छ । हेलिकप्टर उपलब्ध नहुँदा मतपेटिका सदरमुकाम सिमकोट लैजान नसकिएको महादेव माध्यमिक विद्यालय […]

हुम्लामा अझै गणना सुरु भएन, मतदान भएको चार दिनसम्म पनि मतपेटिका सदरमुकाम पुगेन

हुम्ला - हिमाली जिल्ला हुम्लामा मतदान गरेको चार दिनसम्म पनि मतपेटिका सदरमुकाम पुग्न नसक्दा मतगणना सुरु हुन सकेको छैन । भौगोलिक विकटताका कारण यातायातको सुविधा नहुँदा समयमै मतपेटिका पुग्न नसकेको हो। दक्षिण भेगमा रहेका चारवटा गाउँपालिकाका ३४ मतदान केन्द्रका एक सय ३६ वटा मतपेटिका सर्केगार्डमा रोकिएका छन् । प्रदेश निर्वाचन क्षेत्र नं १ का सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नपुग्दा मतगणना सुरु हुन नसकेको हो । जिल्लाका दक्षिणी क्षेत्रका चारवटा गाउँपालिकाका मतपेटिकाका सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा...

दुर्गम क्षेत्रका मतपेटिका अझै बाटोमै

काठमाडौँ,५ मँसिर । दुर्गम तथा हिमाली गाउँका मतपेटिका सदरमुकाम आइनसकेकाले मतगणना सुरु हुनसकेको छैन । जिल्लाभर रहेका एक सय २५ मतदान केन्द्रमध्ये चार वटा मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याईपु¥याउन बाँकी छ । उत्तरी हिमाली क्षेत्रमा पर्ने फक्क्ताङलुङ गाउँपालिकास्थित याङ्मा, घुन्सा, ग्याब्ला र ओलाङचुङगोलाका मतदान केन्द्रको मतपेटिका आइपुग्न बाँकी रहेको र आइसकेपछि मात्र गणना सुरु हुने […]

मतपेटिका ल्याउन समय लाग्ने भएपछि धादिङ २ को गणना साँझबाट मात्रै सुरु हुने

मतपेटिका ल्याउन समय लाग्ने भएपछि धादिङ २ को मतगणना साँझबाट मात्रै सुरु हुने भएको छ ।

मतपेटिका संकलन भएकाे ठाउँमा आजै मतगणना हुने

काठमाडौं : निर्वाचन आयोगले अबेर रातीबाट मतपेटिका संकलन भएका ठाउँमा मत गणना सुरु हुने जनाएको छ। आइतबार आयोगले पत्रकार सम्मेलन गरि आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो जानकारी दिएका हुन्।‘अबेर रातीबाट मतपेटिका संकलन भएका ठाउँमा आज नै मतगणना हुन्छ’,उनले भने।उनका अनुसार १२ः४५ सम्म ३२ प्रतिशत मतदान भएको छ। आज प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन जारी छ।

४० वटा मतदान स्थलबाट मतपेटिका हेलिकप्टरमा ढुवानी गरिँदै

दुर्गम र हिमाली क्षेत्रका ४० वटा मतदान स्थलको मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गरिने भएको छ । मतदानपछि ४० मतदान स्थलबाट मतपेटिका हेलिकप्टरमार्फत गणना स्थलसम्म ढुवानी गरिने गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले जानकारी दिएका छन् ।शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सचिव सिंहले भने–‘४० स्थानका मतपेटिका हेलिकप्टरको प्रयोग गरेर गणना स्थलसम्म ल्याउने तयारी गरेका छौं ।’ सवारी साधन चल्ने ठाउँका मतपेटिका भाडामा लिएको गाडीमा राखेर नेपाली सेना र सशस्त्र प्रहरीले स्कर्टिङ गरेर गणन

महोत्तरीमा विजयी घोषणापछि मतपेटिका भेटियो

महोत्तरी, ५ जेठ । महोत्तरीको बर्दिबास–८ मा मतगणना सकिएर परिणाम सार्वजनिक भएपछि मतपेटिका भेटिएको छ । सबैवडाका गणना सकिएपछि अन्तिम वडाको मतपेटिका निकाल्ने क्रममा वडा नं ८ को सिलबन्दी मतपेटिका फेला परेको हो । बर्दिबास बेलगाछी–५ को २ वटा बाकस मध्ये एक बाकसको मतगणना सकिएपछि अर्को बाकस वडामा नै फेला परेको हो । निवार्चन कार्यालय […]

दुर्गम भोटखोला गाउँपालिकाको  मत गणना सुरु

संखुवासभा : संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलाको मत गणना सुरु गरिएको छ।भोटखोला गाउँपालिकामा मतपेटिका संकलन ढिलाइ भएपछि मत गणना हुन सकेको थिएन। थुदाम मतदान केन्द्रको मतपेटिका आइपुगेपछि आइतबार साँझ ६ : १५ बजे बाट मत गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत शान्ति प्रसाद आचार्यले जानकारी दिए।सडक सञ्जाल नभएको भोटखोलामा गाउँपालिका केन्द्रसम्म आइपुग्न ३ दिन पैदल हिँड्नु पर्ने हुन्छ। यातायात पहुँच नभएको भोटखोलामा मतपेटिका संकलनमा ढिलाइ भएको थियो।भोटखोला गाउँपालिका २ दूधपोखरी आधारभूत विद्यालय