कांग्रेस सभापतिको मतपेटिका गणनास्थलतर्फ लगियो, केहीबेरमै गणना सुरु हुने (तस्बिरहरु)

नेपाली कांग्रेसको सभापति पदको मतगणनाका लागि तयारी थालिएको छ । सुरक्षाकर्मीको सहयोगमा मतपेटिका मतदानस्थलबाट राष्ट्रियसभा गृहकै गणनास्थलमा लगिएको छ । निर्वाचन समितिका अनुसार साढे १० बजेदेखि गणना गर्नेगरी तयारी भएको छ । सोमबार पहिलो चरणमा भएको मतदानबाट काँग्रेसले नेतृत्व पाउन नसकेपछि धेरै मत ल्याउने २ उम्मेदवारबीच मंगलबार फेरि प्रतिस्पर्धा भएको हो । प्रतिस्पर्धामा शेरबहादुर देउवा र शेखर कोइराला रहेका छन् । सोमबारको प्रतिस्पर्धामा सभापतिमा ५ जना रहेका थिए ।