४० वटा मतदान स्थलबाट मतपेटिका हेलिकप्टरमा ढुवानी गरिँदै

दुर्गम र हिमाली क्षेत्रका ४० वटा मतदान स्थलको मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गरिने भएको छ । मतदानपछि ४० मतदान स्थलबाट मतपेटिका हेलिकप्टरमार्फत गणना स्थलसम्म ढुवानी गरिने गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले जानकारी दिएका छन् ।शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सचिव सिंहले भने–‘४० स्थानका मतपेटिका हेलिकप्टरको प्रयोग गरेर गणना स्थलसम्म ल्याउने तयारी गरेका छौं ।’ सवारी साधन चल्ने ठाउँका मतपेटिका भाडामा लिएको गाडीमा राखेर नेपाली सेना र सशस्त्र प्रहरीले स्कर्टिङ गरेर गणन

सम्बन्धित सामग्री

३४ मतदान केन्द्रका मतपेटिका सर्केगाडमै अलपत्र

६ मंसिर, हुम्ला । हुम्लाको प्रदेशसभा निर्वाचन क्षेत्र क को मतपत्र संकलन भएका ३४ मतदान केन्द्रका मतपेटिका सर्केगाड गाउँपालिका केन्द्रमै अलपत्र परेका छन् । ५९ मतदान केन्द्रमध्ये २५ वटा मतदान केन्द्रका मतपेटिका सदरमुकाम सिमकोट ल्याइसकेको छ । ३४ मतदान केन्द्रका मतपेटिका ताजाकोट, चंखेली, अदानचुली र सर्केगाड गाउँपालिकाका मतदान केन्द्रबाट गाउँपालिका केन्द्र थन्किएको पाइएको छ । हेलिकप्टरबाट मतपेटिका ओसार्न भनिए […]

डोल्पाका ३१ मतदान केन्द्रको मतपेटिका अझै पुगेन सदरमुकाम

सुर्खेत– हिमाली जिल्ला डोल्पाका ६८ मध्ये ३१ वटा मतदान केन्द्रको मतपेटिका अझै सदरमुकाम ल्याइएको छैन । अहिलेसम्म ३७ वटा मतदान केन्द्रकोमात्रै मतपेटिका सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जानकारी दिएको छ । उपल्लो डोल्पामा पर्ने २२ मध्ये १९ वटा मतदान केन्द्रका मतपेटिका अझै उठ्न नसकेको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए । नेपाली […]

अझै आइपुगेनन् डोल्पाका ३१ मतदान केन्द्रको मतपेटिका

सुर्खेत :  हिमाली जिल्ला डोल्पाका ६८ मध्ये ३१ वटा मतदान केन्द्रको मतपेटिका अझै सदरमुकाम आइपुगेका छैनन्।अहिलेसम्म ३७ वटा मतदान केन्द्रको मतपेटिकामात्र सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जानकारी दिएको छ। उपल्लो डोल्पामा पर्ने २२ मध्ये १९ वटा मतदान केन्द्रका मतपेटिका अझै उठ्न नसकेको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए।नेपाली सेनाको हेलिकप्टर ढिला गरी आएकाले पनि आज डोल्पाबुद्ध गाउँपालिकाका ३ वटा मतदान केन्द्रको मतपेटिकामात्र सदरमुकाम दुनै झारिएक

मतदान अधिकृतले मतपेटिका प्रहरी चौकीमा लगेर छाडेपछि विवाद

दैलेखको ठाटीकाँध गाउँपालिकामा मतपेटिका छोडेर मतदान अधिकृत हिँडेको भन्दै विवाद सिर्जना भएको छ । मतदान अधिकृतले मतदान सकिएपछि मतपेटिका प्रहरी चौकीमा लगेर छाडेपछि विवाद सिर्जना भएको हो ।गाउँपालिकाको २ नम्बर वडाको पिपलचौतारास्थित जनता आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत ज्वालाप्रसाद खनालले प्रहरी चौकीमा मतपेटिका छाडेका हुन् । उनले आइतबार राति प्रहरी चौकीमा लगेर मतपेटिका छाडेको बताइएको  छ । दैलेखका मुख्य निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले घटनाको छानबिन भइरहेको बताए ।उनले अहिले सर्व

कास्कीमा मतपेटिका फुटाएपछि रोकिएको मतदान सुरु

पोखरा : कास्की क्षेत्र नं ३ क मा पर्ने माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका छन्। वडा ९ बस्ने ३२ वर्षीय सूर्य परियारले पौने ११ बजे आफूले मतदान गरेपछि मतपेटिका उचालेर भुइँमा बजार्दा मतदान रोकिएको थियो। परियारलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको…

खाली मतपेटिका मतदान केन्द्रभित्र ल्याइयाे

शंकास्पद ढंगले खाली मतपेटिका मतदान केन्द्रमा लिइएको भन्दै मतदाताले आक्रोश व्यक्त गरिरहेका छन्। विरोधमा मतदाताले प्रदर्शनसमेत गरेका छन्।...

रौतहटको यमुनामाइमा मतदान केन्द्र कब्जामा, मतपेटिका लुटपाट

रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटपाट भएको छ । मतदानस्थलमा हुलदंगा भइ आक्रोशित भिडले मतदान केन्द्र कब्जामा लिइ मतपेटिका नै लुटपाट गरेका हुन् । भिडले मतपत्र समेत तोडफोड गरी स्थिति नियन्त्रणबाहिर गएपछि मतदान कार्यलाई स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यमुनामाई गाउँपालिका वडा नम्बर १ स्थित चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको प्रहरीले जनाएको छ । यमुनामाईमा जसपा, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्

पाँचखालको श्रीराम माध्यामिक विद्यालयमा मतपेटिका तोडफोड, मतदान प्रभावित

काठमाडौं : काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यामिक विद्यालय मतदान केन्द्रमा मतदान कार्य प्रभावित भएको छ। मतदान अधिकृतले धाँधली गरेको भन्दै आक्रोशित भिडले मतपेटिका तोडफोड गरेको स्थानीयले बताएका छन्। आक्रोशित भिडले मतदान केन्द्रमा मतपेटिका, कुर्सी, टेबल तोडफोड गरेका छन्। मतदान कार्य प्रभावित भएपछि मत खसाल्न आएका नागरिकहरु अन्यौलमा परेका छन्।

सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मतपेटिका तोडफोड , मतदान रोकियो

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मतपेटिका तोडफोड भएको छ । हरिरावा मतदान केन्द्रमा मतपेटिका तोडफोड भएपछि मतदान रोकिएको छ । एक वृद्धाले आफूले भनेको भन्दा फरक चिह्नमा कर्मचारीले छाप लगाइदिएको आरोप लगाएपछि विवाद भएको थियो । विवादपछि तोडफोडमा परिणत भएको थियो । मतपेटिका नै तोडफोड भएपछि मतदान रोकिएको सप्तरीका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले बताए […]

मतपेटिका चर्किएपछि सोलुखुम्बुको एउटा मतदान केन्द्रमा मतदान सुरु भएन

सोलुखुम्बु - सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर १ को हेवामा रहेको दूधकुण्ड आधारभूत विद्यालयको मतदान स्थलमा मतपेटिका चर्किएका कारण मतदान सुरु हुन सकेको छैन । मतपेटिका चर्किएको भेटिएपछि मतदान सुरु नभएको र त्यहाँ अर्को मत पेटिकाको व्यवस्था गर्ने प्रयास भइरहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनिल खनालले जानकारी दिनुभयो । यस्तै, महाकुलुङ गाउँपालिकाको एउटा मतदान केन्द्रमा पनि मतदान सुरु हुन सकेको छैन । दुवै ठाउँको प्राविधिक समस्या समाधानको प्रयास भइरहेको प्रजिअ खनालले बताउनुभयो ।  &...