काठमाडौं : निर्वाचन आयोगले अबेर रातीबाट मतपेटिका संकलन भएका ठाउँमा मत गणना सुरु हुने जनाएको छ। आइतबार आयोगले पत्रकार सम्मेलन गरि आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो जानकारी दिएका हुन्।‘अबेर रातीबाट मतपेटिका संकलन भएका ठाउँमा आज नै मतगणना हुन्छ’,उनले भने।उनका अनुसार १२ः४५ सम्म ३२ प्रतिशत मतदान भएको छ। आज प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन जारी छ।