काठमाडौं (अस) । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको २३ औं वार्षिक साधारणसभा भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।
साधारणसभामा कम्पनी सञ्चालक समिति अध्यक्ष सुजाता जोशीले प्रस्तुत गरेको आव ०७७/७८ कोे वार्षिक प्रतिवेदनसहित आव ०७७/७८ को वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरण स्वीकृत गरेको छ । साधारणसभाले शेयरधनीका लागि प्रस्तावित २० प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गरेको छ । साधारणसभाले भीमप्रसाद तिमल्सिना र मुरलीप्रसाद शर्मालाई सर्वसाधारण शेयरधनीबाट सञ्चालक समितिमा आगामी चार वर्षका लागि निर्विरोध चयन गरेको छ ।
अधिकृत पुँजी १ अर्ब ५० करोड रहेको वित्तीय संस्थाको जारी तथा चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख रहेको छ । २० प्रतिशत बोनस शेयर दिने प्रस्ताव स्वीकृतपछि कम्पनीको जारी तथा चुक्ता पुँजी १ अर्ब २४ करोड १० लाख पुग्नेछ ।