पर्यटकको आकर्षण गन्तव्य बन्दै तातोपानी

जुम्ला पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको जिल्ला हो । धार्मिक, सांस्कृतिक, एतिहासिक तथा प्राकृतिक पर्यटकीय सम्भावना छन् । पर्यटकीय सम्भावना र स्रोतका दृष्टिले पनि जिल्ला आठ पालिकामध्ये तातोपानी गाउँपालिका पहिलो पालिकामा पर्छ । यहाँ कर्णालीकै तेस्रो ठूलो ताल(गिडिदह) देखि थुप्रै प्राकृतिक पर्यटक गन्तव्य छन् । जसमध्ये तातोपानी धारा पर्यटकको आर्कषण केन्द्र बन्दै गएको पाइन्छ । […]

सम्बन्धित सामग्री

पुरानो साख ब्युँताउँदै तातोपानी नाका

साढे आठ वर्षअघिको भूकम्पले भौतिक रूपमा तहसनहस बनाएको नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्ग तातोपानी नाका बिस्तारै पूर्वावस्थामा फर्कन सुरु गरेको छ । चालु वर्षको सुरुवातसँगै चीन सरकारले आयात–निर्यात र मान्छेको आउजाउमा देखाएको खुकुलोपनले तातोपानी नाकाप्रतिको आकर्षण बढेको छ ।

आलेखः आकर्षण बढ्दै छ तातोपानी कुण्डको

मनाङ – ०४२ देखि म्याग्दीको बेनी नगरपालिका–४ स्थित सिङ्गा तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा स्थापित छ। यहाँको तातोपानी कुण्डमा डुबेपछि बिरामी निको हुन्छन्। यहाँको तातोपानी कुण्डमा डुबेर निको हुने भएपछि प्राकृतिक चिकित्सालयका रुपमा विकास तथा प्रवद्र्धन भइरहेको छ। यस कुण्डको तातोपानीमा विरेनुनको सुगन्ध र पिउन सकिने चिकित्सकले प्रमाणित गरेको छ। चिकित्सकबाट नै प्रमाणित गरी यस […]

माडीको मगर होमस्टे पर्यटकको रोजाइमा, परम्परागत खानासँगै कला र संस्कृतिको आनन्द

माघ २४, चितवन । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको माडीमा रहेको मगर होमस्टे पर्यटकको रोजाइमा पर्दै गएको छ ।  माडी नगरपालिका वडा नम्बर ८ मा रहेको अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे (मगर होमस्टे) पर्यटकको आकर्षण बढ्दै गएको हो । न्यानो आतिथ्यताका माध्यमबाट गाउँघरका परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको हो । मारूनी, सोरठी, कौडा, सालैजो, ठाडोभाका, लाखे नाचलगायतका गीत र नृत्य मगर समुदायको मौलिक पहिचान रम्ने गरेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर पुनमगर बताउँछन् । प्रायः होमस्टे सञ्चालन भएका गाउँमा यातायातको सुविधा भएपछि पर्यटक सीधै होमस्टेका लागि पुग्ने गरेका छन् । पुनमगरको बाहुल्यता रहेको यो ठाउँमा १३ घर होमस्टेमा मगर संस्कृति, सोरठी, मारूनी, थाल नाचको प्रस्तुति हुने गरेको छ । मोहनबहादुर पुनमगर लगायत तुलबहादुर पुनमगर, चन्द्रबहादुर थापामगर, पम्फा श्रेष्ठ, गौमाया पुनमगर, शान्ति पुनमगर, गीतादेवी पुनमगर, नैना श्रेष्ठ, लालबहादुर पुनमगर, ठिलबहादुर पुनमगर, गीता पुनमगरलगायत १३ घरपरिवारले एउटा घरमा दुई कोठा र चार बेडका हिसाबले ५२ बेड क्षमताको होमस्टे चलाउँदै आएका छन् । परम्परागत खानासँगै संस्कृति र कलाको आनन्द त्यहाँको घरवासमा लिन सकिन्छ । सो क्षेत्रमा रहेका निजी होटलकोभन्दा कम खर्चमा राम्रो सुविधा पाउने भएपछि माडी छिर्नेहरु त्यहाँको घरवासमा आकर्षित हुने गरेका हुन् ।  ‘हामीकहांँ पर्यटकको चाहना अनुसार ताजा, अर्गानिक परिकार पनि पाईन्छ पुन मगरले भने, अन्य होटलहरु भन्दा सस्तो तर सेवा सुविधा पनि बढी छ ।’ पोखरीको ताजा माछासँगै स्थानीय जातको धान कुटेर पकाइने भात, फापर वा कोदोको रोटी, चामल वा कोदोको लोकल रक्सी, लोकल कुखुराको मासु मगर होमस्टेमा उपलब्ध परिकार हुन् । माडी छिर्ने पर्यटक निजी होटल छोडेर घरवासमा बस्ने गरेको मगरको भनाइ छ । हालसम्म हामीले १५ हजारभन्दा बढी पाहुनाको स्वागत गरिसकेका उनले बताए । घरवासमा आउने पर्यटकलाई  मगर समुदायले फूलमालाले स्वागत गर्ने गर्दछन् । होमस्टेमा एउटा घरमा दुईओटा कोठामा तीन जनाका दरले छ जना बस्न सक्ने क्षमता रहेको छ । सबै कोठामा सँगै शौचालय, तातोपानी जस्ता आवश्यक सुविधा रहेका छन् । एट्याच बाथरूमसहितको कोठा, स्थानीय परिकार र मगर सांस्कृतिक कार्यक्रमको प्याकेज निर्माण गरेर आन्तरिक तथा बाह्य पर्यटक होमस्टेमा आउने गर्दछन् ।  घरवासमा ६०० मा बस्ने र २५० मा खाना खुवाउने गरिएको छ । घरमै पालेका स्थानीय जातको हाँस, कुखुराको मासु खुवाइन्छ । घरवासका लागि दुई जनालाई स्थानीय जातको कुखुरा पाल्न र दुई जनालाई तरकारीखेती गर्नसमेत सहयोग गरिएको उनी बताउँछन् । विसं २०७२ मा शुरु भएको घरवासको बीच भागमा ठूलो सामुदायिक भवन रहेको छ । जहाँ मगर जातिको पहिचान झल्कने सांस्कृतिक कार्यक्रम देखाइन्छ । म्याग्दी, पर्वतबाट बसाइँ सरी यहाँ आएका पुनमगर समुदायको घरवासमा सोरठी, मारूनीसमेतको आनन्द लिन पाइन्छ ।  ठूलो समूहमा पाहुनाको उपस्थिति हुँदा खाना पकाउने व्यवस्थासमेत सामुदायिक भवनमै हुने मगरले बताए । नजिकै रहेको मचानबाट सूर्योदय, सूर्यास्त र वन्यजन्तु अवलोकन गर्न सकिन्छ ।  माडी ऐतिहासिक, धार्मिक र जैविक विविधताले भरिपूर्ण देशकै १०० पर्यटकीय गन्तव्य मध्ये एक पर्यटकीय गन्तव्य भित्र पर्दछ ।

धार्चेमा पर्यटनको सम्भावना

गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लाको उत्तरपूर्व भागमा अवस्थित यो गाउँपालिका सदरमुकाम गोरखाबाट करीब ७२ किमी उत्तर पश्चिममा पर्छ । पूर्वतर्फ धादिङ जिल्ला र चीनको स्वशासित क्षेत्रसँग जोडिएको यो गाउँपालिका दक्षिणतर्फ आरूघाट गाउँपालिका र धादिङ जिल्ला, उत्तरमा चुमनुम्ब्री गाउँपालिका र पश्चिममा वारपाक सुलिकोट गाउँपालिकासँग सिमाना जोडिएको छ । यो गाउँपालिका राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना तथा मनास्लु हिमाल र गणेश हिमाल आरोहण पदमार्गको प्रवेशद्वारको रूपमा रहेको छ । साविकका केरौजा, उहिया, लाप्राक, गुम्दा, काशीगाउँ र लापु गरी ६ ओटा गाविस मिलाएर सातओटा वडामा विभाजित यो गाउँपालिका ६५२ वर्ग किलो मीटर क्षेत्रफलमा फैलिएको छ । यस गाउँपालिको केन्द्र वडा नम्बर ५ माछिखोलामा रहेको छ । समुद्री सतहबाट ३४५० मीटर उचाइमा रहेको रुवीनाला ग्लेसियर, धार्चे गाउँपालिका, वारपाक सुलिकोट, गाउँपालिका र चुमनुम्ब्री गाउँपालिकाहरूको मात्र होइन, समग्र नेपालकै पर्यटकीय स्थल हो । कम उचाइमा रहेको यो ग्लेसियर विश्वमै जैविक विविधताको दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । स्थानीय माछाखोला बजारसँगै बूढीगण्डकीको वारिपारि तथा माछाखोला बजारबाट २ घण्टाको दूरीमा रहेको तातोपानी कुण्ड धार्मिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण रहँदै आएको छ । प्राकृतिक र जैविक विविधताको केन्द्र धार्चेडाँडामा ३०० भन्दा बढी प्रजातिका चराचुरुङ्गीहरू पाइन्छन् । समथल पाटन र हरियाली जंगलहरू रहेको धार्चेडाँडा गुफाको दृष्टिले समेत महत्त्वपूर्ण छ । मनास्लु ट्रेकिङ, रुवीनाला ट्रेकिङ र गणेशमान ट्रेकिङको प्रवेशमार्ग रहेको धार्चेमा गाउँपालिकाले ट्रेकिङ रूटहरूको समेत विस्तार गर्न आवश्यक छ । प्राकृतिक सौन्दर्य र विविधतासँगै परम्परागत संस्कृति पुरातात्त्विक सम्पदा विभिन्न संरचनाले पनि धार्चे गाउँपालिकालाई पर्यटकिय गन्तव्य बनाउनुपर्छ । बाइसे चौबीसे राजाको पालामा राजकाज सञ्चालन हुने हालको धार्चे गाउँपालिका स्थित गुम्दा र लापुको सिमानामा रहेको भीरकोट, ४०० वर्ष अगाडि मगर राजाहरूको दरबार रहेको काम्लाकोट, घले राजाहरूले राज्य गरेको भनिएको कुम्पाकोट तथा आधुनिक नेपालका एकीकरणकर्ता पृथ्वीनारायण शाहको एकीकरणभन्दा अगाडिसम्म छुट्टै राज्यका रूपमा रहेको खोर्लाकोटजस्ता पुरातात्त्विक तथा ऐतिहासिक सम्पदाहरूले समेत धार्चे गाउँपालिका सम्पन्न छ । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको लाप्राक गाउँको पुनर्निर्माणअन्तर्गत प्रवासी नेपालीहरूको संगठन एनआरएनले निर्माण गरेको नमूना गाउँ, दोस्रो विश्वयुद्धमा बेलायती सेनाको रूपमा युद्ध गर्दा वीरगति प्राप्त गरेका थमन गुरुङको सम्झानामा स्थापना गरिएको भीसी हिल पार्क, पश्चिमाञ्जलको पहिलो सगरमाथा आरोही इमान गुरुङको सम्झनामा निर्माण गरिएको इमान गुरुङ स्मृति पार्क, केरौंजाको यारु बगरको पहरामा पेजकिलाको साहाराले झुन्डिरहेको क्यान्टिलिवर पुल, खोर्लाबेंशीको पहरोमा खोपिएको बुद्धको मूर्तिलगायत मानवनिर्मित सम्पदाहरूले पनि धार्चेको पृथकता र मौलिकतालाई प्रतिबिम्बित गरिरहेको छ । सांस्कृतिक रूपमा पनि धार्चे गाउँपालिका महत्वपूर्ण छ । यहाँ मनाइने मकै विवाहले विश्वकै नवीन मौलिक संस्कृति सँगसँगै कृषिकर्मप्रति श्रद्धा र सम्मानलाई पनि अभिव्यक्त गर्छ । मकै रोप्ने समय माघ र फागुन महीनामा मनाइने मकै विवाहमा मकैको बीउ रोप्नुअघि धर्तीपूजालगायत अन्य पूजाआजा र सांस्कृतिक कर्म गर्ने गरिन्छ । नेपाली समाजमा परिचित रामजानकी विवाहको जस्तो स्वरूप र प्रक्रिया देख्न पाइने मकै विवाहको आफ्नै मौलिक र धार्मिक मान्यता रहेको छ । चण्डीपूर्णिमा, दशैं, तिहार, माघेसंक्रान्ति, ल्होसारलगायत चाडपर्व प्रमुख रूपमा मनाइने यहाँका समुदायहरूमा मारूनीलगायत नाच पनि प्रचलित छन् । यहाँ कुट्की, चिराइतो, जटामसी, सुतुवा, निर्मसी, पदमचाल, वनलसुन, यार्सा गुम्वा, पाँचऔंले, शिलाजितजस्ता जडीबुटी पाइन्छ । धार्चे गाउँपालिका प्रकृति र संस्कृतिको सुन्दर संगमस्थल हो । प्रकृति र संस्कृतिको यो सामथ्र्यलाई स्थापित गर्न प्रकृति र संस्कृतिको खुला संग्रहालय धार्चे भन्ने पर्यटन ब्रान्ड नै तय गरिएको पाइन्छ । यस क्षेत्रको विकासका लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा पालिकामा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्त्वलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थलहरूलाई पर्यटन सम्पदाका रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवासुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति पाइँदैन । यस क्षेत्रका पर्यटकीय सम्भावना बोकेका अधिकांश स्थल गाउँपालिकाका विभिन्न क्षेत्रमा छरिएर रहेका छन् र यहाँ पर्याप्त र राम्रो पर्यटकीय सेवासुविधा दिइने अवस्था अझै कमी छ । कमजोर व्यवस्थापन, अपर्याप्त र खण्डित अवस्थाबाट ग्रस्त रहेको छ । यसबाट यहाँका बासिन्दाले खास रूपमा फाइदा लिन सकेको स्थिति छैन । त्यसैले, धार्चे गाउँपालिका क्षेत्रका लागि पर्यटकीय सम्भाव्यता अध्ययन गरी व्यवस्थित योजना तर्जुमा गर्नुपर्ने आवश्यकता महसूस गरिएको छ । अतः पर्यटन विकास, पर्यटन सम्पदा तथा पर्यटन सेवासुविधालाई प्याकेजिङ गरी विकास गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ । यस क्षेत्रको समग्र आम्दानीमा पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सृजना गर्न र अन्तर गाउँपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत पर्यटन एउटा महत्त्वपूर्ण माध्यम हुनसक्छ । धार्चे गाउँपालिकामा रहेका होटेल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजीक्षेत्रको समेत संलग्नतामा आआफ्ना तवरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न आवश्यक देखिन्छ । पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक महत्त्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आएको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक देखिन्छ । डा. अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।

घोडेपानी–पुनहिलमा पूर्वाधार निर्माण

म्याग्दी । राउण्ड अन्नपूर्ण अन्तर्गतको प्रशिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा सरकारी तथा समुदायको लगानीमा करोडौंका पूर्वाधार निर्माण गरिएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सूचीकृत भएका १०० ओटा पर्यटकीय गन्तव्यमध्ये एक घोडेपानी–पुनहिलमा पर्यटकीय आकर्षण बढ्न थालेपछि स्थानीय समुदायले समेत पूर्वाधार निर्माणमा लगानी गर्न थालेका हुन् । घोडेपानीदेखि पुनहिल पुग्ने पदमार्गमा २३ ओटा सौर्य ऊर्जाका बत्ती जडान गरेर रातको समयमा पनि झलमल्ल उज्यालो बनाइएको छ भने झरी र हिउँ परेको अवस्थामा सुरक्षित रूपमा बसेर दृश्यावलोकन गर्न पुनहिल परिसरमा तीनकोठे पक्की आश्रयस्थल निर्माण गरिएको छ । घोडेपानीको मगर संग्रहालयको पक्की भवन निर्माण गरिएको छ । स्थानीयवासीले सरसफाइ र पर्यटकको स्वागतमा ध्यान दिन थालेका छन् । ६ वर्षअघि यहाँका होटलहरूको क्षमता दैनिक ५०० जनाको हाराहारीमा रहेकोमा अहिले क्षमता बढाएर एक हजारभन्दा बढी पु¥याइएको घोडेपानी होटल व्यवस्थापन समितिले बताएको छ । होटल व्यवस्थापन उपसमितिका उपाध्यक्ष मीना पुनका अनुसार चित्रे हुँदै घोडेपानी जोड्ने चार किलोमिटर सडक ग्राभेल गरिएको छ । पोखरेबगरबाट चित्रे जोड्ने १८ किलोमिटर सडक कालोपत्र गर्न गण्डकी प्रदेश सरकारले २७ करोड लगानी गरेको छ ।   त्यसैगरी पाउद्वार तातोपानी कुण्डबाट भालखरा–खोपारा, खयरताल–खोपारा र लरेनी हुँदै पाउद्धार जोड्ने पाँच दिनको पदमार्गको अध्ययन र आधारभूत पूर्वाधार निर्माण शुरू गर्न थालिएको छ । पर्यटनको लाभ समुदायमा पु¥याउन नेपालमै पहिलोपटक नयाँ अवधारणामा खोपारामा ४० जना क्षमताको होटल सञ्चालन गरिएको छ । अन्नपूर्ण गाउँपालिकाले विनियोजन गरेको २० लाख बजेटबाट गत आर्थिक वर्षमा खोपारा, खयर, ढाडखर्क, किन्दु क्षेत्रमा पदमार्ग निर्माण गरिएको वडाध्यक्ष राजेश तिलिजाले जानकारी दिए । धवलागिरि हिमालको दक्षिणी आधार शिविर जोड्ने पदमार्ग पहिचान गरेर गत आवमा १० लाखको लागतमा जलथलेबाट फगामसम्म एक किलोमिटर ५०० मिटर पदमार्ग निर्माण गरिएको छ । दानाका बासिन्दाले भेडाबाख्रा र गाईभैंसीको गोठ लेकबेँसी गराउन प्रयोग गरेकोे परम्परागत बाटोलाई पर्यटन पदमार्गमा रूपान्तरण गर्न लागिएको हो । रासस

म्याग्दीमा तातोपानीबाट उपचार गर्ने अस्पताल बन्दै

म्याग्दी । म्याग्दीको सिंगा तातोपानीमा नेपालकै पहिलो ‘पानीबाट उपचार गर्ने अस्पताल’ निर्माण गरिने भएको छ । प्राकृतिक चिकित्सालयका नामले चर्चित बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डको पानी प्रयोग गरेर प्राकृतिक चिकित्सा सेवा सञ्चालनको तयारी थालिएको हो ।      तातोपानी कुण्डको व्यवस्थापन, प्रचारप्रसार र विकासका लागि सक्रिय रहेको तातोपानी कुण्ड व्यवस्थापन समितिले प्राकृतिक रूपमै आउने ५० डिग्री सेल्सियस तापक्रमको तातोपानी प्रयोग गरेर जल चिकित्सा, अकुपञ्चर, योग, फिजियो थेरापी, मसाज थेराप सेवासहितको प्राकृतिक चिकित्सालय बनाउन लागिको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए । उनका अनुसार प्राकृतिक अस्पताल निर्माणका लागि गत आर्थिक वर्ष संघीय सरकारबाट प्राप्त ५० लाख र कुण्डको आन्तरिक आम्दानी ५० लाख गरी १ करोड लगानीमा अस्पतालमा आवश्यक पर्ने पूर्वाधार निर्माण गरिएको छ । साथै गत आर्थिक वर्षमै गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको बजेटबाट प्राकृतिक चिकित्सालयका लागि आवश्यक पर्ने थेरापीका उपकरण खरीद गरिएकोे छ । त्यसैगरी कुण्डको आन्तरिक आम्दानीबाट तलब र सेवासुविधा दिनेगरी एक प्राकृतिक चिकित्सकको व्यवस्था गरिएको छ । चिकित्सालयमा प्रदान गरिने सेवामध्ये मसाज थेरापी तथा योगाभ्यासका लागि तालीमप्राप्त जनशक्तिको आवश्यकता पर्ने भएकाले अहिले तालीम सञ्चालन भइरहेको र दशैंपछि बिरामीको उपचार शुरू गर्ने तयारी गरिएको तातोपानी सामुदायिक प्राकृतिक चिकित्सालयका प्राकृतिक चिकित्सक डा. आयुशा अधिकारीले जानकारी दिइन् । अस्पतालमा तत्कालका लागि फिजियो थेरापिष्ट, मसाज थेरापिष्ट र नर्सिङ स्टाफसहित १५ भन्दा बढी स्वास्थ्यकर्मीको आवश्यक पर्ने उनको भनाइ छ । तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार अहिले तत्कालका लागि पाँच शय्या तयार गरिएको छ । परम्परागत रूपमा तातोपानी कुण्डमा डुबुल्की मारेर उपचार गराउँदै आएका बिरामीलाई विकसित चिकित्सकीय पद्धति र प्रविधिको प्रयोग गरी अत्याधुनिक रूपमा सेवा प्रदान गर्न प्राकृतिक अस्पताल सञ्चालन गर्न लागिएको सचिव केसीको भनाइ छ । अस्पताल सञ्चालनमा आएपछि जलचिकित्सा, योगासन, अकुपञ्चरलगायत विधिबाट बिरामीको उपचार गरिने केसीले बताइन् । म्याग्दी नदीको किनारमा जमीनभित्रबाट बीरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेमा चर्मरोग, बाथरोग, ढाड दुख्ने, सुन्निएको, मर्किएको लगायत समस्या निको हुने विश्वासका साथ यहाँ वर्षेनि हजारौंको संख्यामा मानिस आउँछन् । पछिल्लो समय प्राकृतिक उपचारप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएपछि जिल्लाका अन्य तातोपानी कुण्डलाई पनि व्यवस्थित गर्न थालिएको छ । म्याग्दीमा साना–ठूला गरी करीब एक दर्जन तातोपानीका कुण्ड छन् । रासस

जुम्लाका किसान ओखर खेतीमा आकर्षित

जेठ ८, खलङ्गा । जुम्लाका किसान पछिल्लो समयमा ओखर खेतीप्रति आकर्षण बढ्दो छ । गाउँका स्थानीयवासी यतिबेला हूल बाँधेर हिमाली लेकमा मात्र पाउने अमूल्य जडीबुटी यार्सा टिप्ने चटारो भएको छ ।  यहाँको तातोपानी गाउँपालिका–७ का स्थानीयवासी सूर्य बुढालाई भने नर्सरीमा ग्राफ्टिङ गरिएका ओखर र स्याउको रेखदेख गर्न भ्याइनभ्याई छ । स्याउ र ओखर नर्सरी अहिले बुढाका लागि घरमै बसेर आम्दानी गर्ने भरपर्दो काम बनेको छ । उनले यो वर्ष ओखरबाट ५ लाख रुपैयाँ सम्म आम्दानी गर्ने लक्ष्य लिएको बताए ।             गत वर्ष झण्डै १ हजार स्याउका बिरुवा बेचेका बुढाले यस वर्ष ७००ओटा  ओखरका बिरुवा ग्राफ्टिङ्ग गरेका छन् । तुलनात्मक रूपमा स्याउभन्दा ओखर ग्राफ्टिङ कमै सफल हुन्छ । जुम्लामा स्थानीय स्याउ प्रतिबिरुवा ५० देखि १०० रुपैयाँ र ओखर प्रतिबिरुवा १ हजार रुपैयाँमा विक्री हुने गरेको छ । तातोपानी गाउँपालिका–८ का विष्णु थापाले पनि व्यावसायिक नर्सरी खेती गरेका छन् । नर्सरीमा जङ्गली हाडे ओखरको मौज्दात प्रयोग गरिंदै आएको उनले बताए । जुम्लामा कुल १७० हेक्टरमा ओखर खेती भइरहेको प्रधानमन्त्री कृषि आधुनिकिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख नवराज भण्डारीले बताए ।          पछिल्लो समयमा यहाँका किसानले ओखर खेतीमा राम्रो गरेका छन् । जिल्लामा करीब नौ हजार कृषकले ओखर खेती गरेको पाइन्छ । ओखर खेतीको राम्रो सम्भावना हुँदाहुँदै पनि बिरुवा उत्पादनमा चुनौती देखिएको प्रमुख भण्डारीले जानकारी दिए । उनका अनुसार किसानका नर्सरीमा ५० प्रतिशत र अनुसन्धान केन्द्रमा झण्डै ७० प्रतिशत ग्राफ्टिङ सफल हुने गरेको छ, अहिले जुम्लाको ९० हेक्टर क्षेत्रफल जमीनमा ओखर फलिरहेको छ । औसतमा एक रूखमा ३० किलोसम्म ओखर उत्पादन हुने गरेको प्रमुख भण्डारीले बताए।             गत वर्ष यहाँ २७० मेट्रिक टन ओखर उत्पादन भएको थियो । कुल उत्पादनको ३० प्रतिशतबाहिर निर्यात हुने गरेको छ भने ६० प्रतिशत स्थानीय बजारमै खपत हुन्छ । सिजनमा कृषकले ओखर प्रतिदाना  पाँचदेखि १० रुपैयाँसम्ममा विक्री गर्छन् । यस वर्षदेखि ओखरको तथ्याङ्क तयार पार्ने, ओखरका जात छुट्टिने गरी नर्सरी स्थापना गर्ने, गुणस्तरहीन उत्पादन गर्नेलाई निरुत्साहित गर्नेलगायत काम भइरहेको छ ।             हालसालै टर्कीबाट आयात गरिएका बिरुवाको गुणस्तरीयता अध्ययन गर्ने र उक्त ओखर लगाएका कृषकसँग अन्तरक्रिया कार्यक्रम पनि भइरहेको प्रधानमन्त्री कृषि आधुनिकिकीकरणा परियोजनाले बतानाएको छ । परियोजनाका अनुसार कर्णाली प्रदेशमा १ हजार १०७ हेक्टरमा ओखर खेती हुन्छ । ३५० हेक्टर उत्पादनशील क्षेत्रफलबाट करीब १ हजार ४०० मेट्रिकटन ओखर उत्पादन हुने गरेको छ । रासस

म्याग्दी: योगप्रति आकर्षण बढ्दो

बेनी, दरवाङ, तिप्ल्याङ, बिम, बाबियाचौर, सिंगा तातोपानी, बेग, बगरफाँटलगायतका स्थानमा योगाभ्यास सञ्चालन भएको छ। छोटो अवधिका लागि आयोजना गरिने सामूहिक योगाभ्यासमा सहभागि भएपछि धेरैजसोले घरमै निरन्तरता दिएका छन्।

फुजी स्याउप्रति जुम्लाका किसान आकर्षित

पछिल्लो समयमा यहाँका किसान विदेशी फुजी स्याउप्रति आकर्षित  भएका छन् । जिल्लामै उत्पादन हुने अर्गानिक जुम्ली स्याउभन्दा फुजी स्याउले राम्रो प्रतिफल दिने भएपछि जिल्लाका स्याउ किसान फुजी स्याउप्रति आकर्षण भएको जुम्ला एग्रो फर्मका सञ्चालक रेश्मा श्रेष्ठले जानकारी दिनुभयो ।           जिल्लामा फुजी स्याउखेती सफल भएसँगै जुम्ली एग्रो फर्म र हाम्रो सहकारी प्रालिले चार वर्षअघि १० वर्षका लागि चन्दननाथ मन्दिरको २० हजार वर्गमिटर क्षेत्रफल जग्गा भाडामा लिएर स्याउखेती शुरु गरेको थियो। शुरुआतमा ‘फुजी, गोल्डेन डेलिसियस, रेड चिप, गाला र जोर्डन गरी पाँच प्रकारका स्याउ लगाइएको उहाँले जानकारी दिनुभयो ।     जिल्लामा इटालियन फुजी जातको स्याउखेती शुरु भएको चार–पाँच वर्षभयो। फुजीखेती जुम्लामा सफल भएपछि स्थानीय किसान फुजी जातको स्याउखेतीमै आकर्षित भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ स्याउ सुपर जोन कार्यालयका कार्यालय प्रमुख नवराज भण्डारीले बताउनुभयो ।          यस वर्ष जिल्लाको गुठीचौर गाउँपालिकाको गुठीचौर एग्रो फर्मले एक लाख ५० हजार वर्गमिटरमा ३० देखि ४० हजार फुजी स्याउको बिरुवा रोप्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो । भन्नुभयो,“तातोपानी गाउँपालिकाको हियाखोला गाउँका १ लाख ३० हजार वर्गमिटर क्षेत्रफलमा चार हजार फुजी जातको स्याउका बिरुवा रोप्ने तयारी छ । ”