साढे आठ वर्षअघिको भूकम्पले भौतिक रूपमा तहसनहस बनाएको नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्ग तातोपानी नाका बिस्तारै पूर्वावस्थामा फर्कन सुरु गरेको छ । चालु वर्षको सुरुवातसँगै चीन सरकारले आयात–निर्यात र मान्छेको आउजाउमा देखाएको खुकुलोपनले तातोपानी नाकाप्रतिको आकर्षण बढेको छ ।