दुई महीनादेखि डीएपी मल गोदाममै, मकै किसानले पाएनन् मल

विराटनगर । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयको गोदाममा ४५ हजार बोरा डीएपी मल थन्किएको २ महीना भएको छ । मकै छर्ने मौसम शुरू भइसक्दा पनि किसानले डीएपी मल पाएका छैनन् । कम्पनीे भने मल विक्रीका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट वितरणको आदेश पर्खेर बसेको छ ।  सुनसरीको झुम्काका किसान प्रदीप काफ्ले भन्छन्, ‘मकै छर्नुअघि नै मल पाइएन, गोदाममा थन्क्याएर किसानलाई भारतीय कमसल मल प्रयोग गर्न सरकारले नै बाध्य बनाइरहेको छ ।’ सुनसरीको छिटाहाका किसान भुवनेश्वर यादवले ६ बिगाहामा छरेको मकै उम्रिसक्यो । यसका लागि आवश्यक डीएपी मल लिन उनी पटकपटक विराटनगरस्थित कृषि कम्पनीमा धाइरहेका छन् तर मल पाउन सकेका छैनन् ।  उनीहरूको चन्द्रोदय कृषि सहकारी संस्थामा ६८२ किसान आबद्ध छन् । झन्डै १०० हेक्टर जमीनका लागि उनीहरूलाई १०० टन मल चाहिन्छ । तर, कृषि सामग्रीले दामासाहीले वितरण गर्दा जति आउँछ उनीहरू बाँडेर लिन्छन् । अरू चाहिने बाँकी मल पारिबाट चोरी भई भित्रिएको किन्न बाध्य छन् । अहिले खेतमा मकै र उखुका लागि मल चाहिएको छ । तर, कृषि कम्पनीले वितरण गरेको छैन ।  गढी गाउँपालिकाका किसान श्यामसुन्दर चौधरी पनि मल हुँदाहुँदै पनि वितरण नहुँदा आश्चर्यमा छन् । उनको त्रिशक्ति कृषि सहकारीमा १०० किसान आबद्ध छन् जसको झन्डै ८ सय हेक्टर जमीन छ । मकै र उखुमा डीएपी हाल्ने समय भइसक्दा पनि मल नपाउँदा उनी निराश छन् ।  कृषि सामग्रीमा मल छ, १र२ सातामा वितरण हुन्छ भन्छन् तर वितरण गर्दैनन् । यसले गर्दा उत्पादन बढेर हुर्की जाने चिन्ता किसानमा छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका निमित्त प्रमुख कृष्ण लामिछानेले २ हजार २५० टन डीएपी आएको र गोदाममा राखिएको बताए । उनले किसानलाई प्रतिबोरा २२ सयमा विक्री गर्ने गरी मल आए पनि कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट आदेश नआएकाले विक्री गर्न नसकिएको बताए ।  प्रदेश १ को माग झन्डै ७० हजार टन रहे पनि अहिले २ हजार २५० टन मात्र आएको छ । यहीबाट २ नम्बर प्रदेश पनि पठाउनुपर्ने र १ नम्बर प्रदेशका १४ जिल्लामा पनि वितरण गर्नुपर्नेछ । तर, आदेश आएको छैन यस कारण वितरण हुन सकेको छैन । प्रदेश १ को कृषि मन्त्रालयले कुन जिल्लामा कति मल पठाउने भन्नेबारे स्पष्ट पारे पनि माथिको आदेश नआएकाले आफूले वितरण गर्न नसकेको उनले बताए । नेपाल सरकार र भारत सरकार बीच जी टु जी सम्झौता बमोजिमको युरिया मल आए किसानलाई यसपटक राहत हुने उनको भनाइ छ ।

सम्बन्धित सामग्री

‘सीमापारि भारतमा प्रशस्तै मल, वारिपट्टि हामी हेरेको हेर्‍यै’

“मेरो घर मोरङ जिल्लाको सुनवर्षी नगरपालिका वडा नम्बर ३ भेलाइमा पर्छ । मेरो यहाँ ५ बिघा खेत छ । गहुँ, तोरी र मकै भित्र्याएको खेतमा अहिले रोपाईं चलिरहेको छ । आधा रोपाईं सकियो, आधा बाँकी छ । डीएपी मल भए अहिल्यै र त्यो नभए युरिया मल अबको केही दिनमै चाहिन्छ । हाम्रो सबै खेतका लागि […]

मल नपाएपछि आन्दोलनको चेतावनी

मकै र धान खेती गर्ने समयमा रसायनिक मल अभाव भएको भन्दै कृषकहरूले उपलब्ध नगराए आन्दोलन गर्ने चेतावनी दिएका छन् । सत्तारूढ नेकपा माओवादी केन्द्रनिकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रले कृषि सामग्री कम्पनी धुलिखेल शाखामार्फत वाग्मती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई १० हजार टन युरिया र ५ हजार टन डीएपी मल उपलब्ध गराउन माग गरेको हो ।

काभ्रेमा रासायनिक मल अभाव भएपछि अगुवा किसान आन्दोलित

मकै र धान खेती गर्ने समयमा रासायनिक मल अभाव भएको भन्दै अगुवा किसानहरू आन्दोलिन भएका छन् । सत्तारुढ नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले कृषि सामग्री कम्पनी लिमिटेड धुलिखेल शाखामार्फत वाग्मती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई १० हजार टन युरिया र ५ हजार टन डीएपी मल उपलब्ध गराउन माग गरेको हो ।

काभ्रेमा रासायनिक मल अभाव भएपछि अगुवा किसान आन्दोलित

मकै र धान खेती गर्ने समयमा रासायनिक मल अभाव भएको भन्दै अगुवा किसानहरू आन्दोलिन भएका छन् । सत्तारुढ नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले कृषि सामग्री कम्पनी लिमिटेड धुलिखेल शाखामार्फत वाग्मती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई १० हजार टन युरिया र ५ हजार टन डीएपी मल उपलब्ध गराउन माग गरेको हो ।

मंगलवारदेखि प्रदेश १ मा डीएपी मल वितरण हुँदै

विराटनगर । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले प्रदेश १ का १३७ स्थानीय तह र प्रदेश २ का सप्तरी र सिराहा जिल्लामा मंगलवारदेखि डीएपी मल वितरण गर्ने भएको छ । त्यसका लागि कृषि सामग्री कम्पनी लिमिटेडका डिलरहरूलाई पत्राचार गरिँदै छ । मल लिन आउने पत्र प्राप्त भएपछि डिलरहरूले मल सम्बन्धित गाउँ पालिकासम्म पुर्‍याउनेछन् । डिलर नभएका स्थानमा स्थानीय किसान सहकारीमार्फत मल वितरण हुनेछ । दुई महीनादेखि विराटनगरमा रहेको कृषि सामग्रीको गोदाममा ७० हजार बोरा अर्थात् ३५०० टन मल स्टक थियो । यो टेन्डरमार्फत नेपाल सरकारले मगाएको मल हो । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका निमित्त प्रमुख कृष्ण लामिछानेले वितरणको आदेश आएकाले अहिले गोदाममा आएको ३५०० टन मल वितरणको प्रक्रिाय अघि बढाइएको बताए । अझै थप ३० हजार बोरा १५०० टन मल आउन बाँकी रहेको उनको भनाइ छ । संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट वितरणको अनुमति आएको र अहिले प्रदेशको कृषि मन्त्रालयले समेत वितरणका लागि सहजीकरण गरिदिएकाले वितरण प्रक्रिया अघि बढाइएको हो । पछिल्लो समय ठेकेदारको लापरबाहीले मल नआउँदा किसान मलविना नै बाली लगाउन बाध्य बनेका छन् । यस्तै सीमा क्षेत्रका किसानले भारतीय बजारमा पाउने कमसल मल प्रयोग गर्ने गरेका छन् । सुनसरीको झुम्काका किसान प्रदीप काफ्ले मकै छर्नुअघि नै डीएपी मल हालेर जोतेपछि मकैका लागि पोषण पुग्ने र मकैमा घोगा बढी लाग्ने बताउँछन् । सुनसरीको छिटाहाका किसान भुवनेश्वर यादवले ६ बिगाहामा छरेको मकै उम्रिसक्यो । अब सब ड्रेसिङका लागि डीएपी मल चाहिने बताउँछन् । गढी गाउँ पालिकाका किसान श्यामसुन्दर चौधरी पनि मल वितरण शुरू भएकोमा खुशी छन् ।

डीएपी मल गलेन

प्यूठान नगरपालिका–८, तल्लो गेजबाङका मुलुकबहादुर थापाले एक महिनाअघि मकैमा डीएपी र युरिया मल हालेका थिए । मकैका बोट सप्रियून् भनेर हालेको डीएपी मल माटोमा बिलाएन । अझै बारीमै छ । ‘मकै राम्रो होला भनी राखेको मल बारीमा जस्तो छरेको हो उस्तै छ,’ उनले भने, ‘कस्तो खालको मल परेछ हो ?’ एक महिनासम्म पनि मल माटोमा नगलेर उस्तै अवस्थामा रहेपछि अचम्ममा परेको उनले बताए । गाउँकै सहकारीमार्फत उनले मल किनेका थिए ।