उपत्यकामा साउन २७ गतेसम्म लम्बियो निषेधाज्ञा

काठमाडौं। जिल्ला प्रशासन कार्यालयले साउन २७ गतेसम्मलाई निषेधाज्ञा लम्ब्याएको छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले निषेधाज्ञा लम्ब्याएको हो। यसअघि लम्ब्याइएको निषेधाज्ञा २१ गतेसम्म मात्र लागू गरिएको थियो। उक्त मितिबाट थप एक साता निषेधाज्ञा लम्बिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले बताएको छ। यस अवधिमा सभा, सम्मेलन, लगायतका काम गर्न नपाइने प्रशासनले गरेको छ।

सम्बन्धित सामग्री

भदौ ८ गतेसम्म लम्बियो निषेधाज्ञा

काठमाडौं। जिल्ला प्रशासन कार्यालयले भदौ ८ गतेसम्मलाई निषेधाज्ञा थप गरेको छ। आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थपेको हो। आज थप गरिएको निषेधाज्ञा यही साउन २८ गतदेखि लागू हुने छ। यसअघि थप गरिएको निषेधाज्ञा साउन २८ गतेदेखि सकिँदै छ। सोही कारण, जिल्ला प्रशासन कार्यालयहरूको बैठकले निषेधाज्ञा थप एक साता लम्ब्याएको हो।

तनहुँमा साउन ३२ गतेसम्म लम्बियो निषेधाज्ञा

तनहुँ – तनहुँमा साउन मसान्तसम्म निषेधाज्ञा थपिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि साउन ३२ गतेसम्म थपिएको हो । छिमेकी जिल्लामा नयाँ डेल्टा भेरियन्ट देखा परेकाले समुदायमा व्यापक फैलिनसक्ने अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञाको अवधि लम्ब्याइएको हो । जिल्ला कोभिड व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकले कोभिड–१९ को जोखिम अझै कायम रहेकोले निषेधाज्ञाको अवधि […]

साउन ३२ गतेसम्म लम्बियो निषेधाज्ञा, के गर्न पाइन्छ के पाइँदैन ?

तनहुँमा साउन मसान्तसम्म निषेधाज्ञा थपिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि साउन ३२ गतेसम्म थपिएको हो । छिमेकी जिल्लामा नयाँ डेल्टा भेरियन्ट देखा परेकाले समुदायमा व्यापक फैलिनसक्ने अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञाको अवधि लम्ब्याइएको हो । जिल्ला कोभिड व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकले कोभिड–१९ को जोखिम अझै कायम रहेकोले निषेधाज्ञाको अवधि बढाइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए । यदि कोही कसैले उक्त आदेशको उल्लङ्घन भएमा कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था...

कास्कीमा बढ्दो कोरोना सङ्क्रमणसँगै लम्बियो निषेधाज्ञा

कास्कीमा एक साताका लागि लकडाउन लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना महामारी नियन्त्रणका लागि गत वैशाख १५ देखि लगाएको निषेधाज्ञा थप खुकुलो बनाउँदै साउन २७ गते राति १२ बजेसम्म थप गरेको हो । यसअघि प्रशासनले साउन ३ गते जारी गरिएको निषेधाज्ञा आदेशलाई पुनः निरन्तरता दिएको छ । प्रशासनले कोभिड १९ को सङ्क्रमण र मृत्युदर बढ्दै गएका कारण यसअघि साउन ३ गते जारी गरिएको निषेधाज्ञा आदेशलाई साउन २७ गतेसम्म निरन्तरता दिने निर्णय गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जा

बैतडीमा साउन मसान्तसम्म लम्बियो निषेधाज्ञा

रासस। भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा साउन मसान्तसम्म निषेधाज्ञा थपिएको छ। कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि साउन ३२ गते मसान्तसम्म थपिएको हो। यसअघि खुकुलो पार्दै जिल्लामा साउन १ देखि १५ गतेसम्म छैटौँ पटक निषेधाज्ञा थपिएको थियो। आजदेखि लागू हुने गरी सातौँ पटक निषेधाज्ञा थपिएको बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

बैतडीको निषेधाज्ञा साउन मसान्तसम्म लम्बियो

भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा साउन मसान्तसम्म निषेधाज्ञा थपिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि साउन ३२ गते मसान्तसम्म थपिएको हो । यसअघि खुकुलो पार्दै जिल्लामा साउन १ देखि १५ गतेसम्म छैटौँ पटक निषेधाज्ञा थपिएको थियो । आजदेखि लागू हुने गरी सातौँ पटक निषेधाज्ञा थपिएको बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधिमा स्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने जनाइएको छ । निषेधाज्ञामा पसल बिहान

बैतडीमा साउन १५ गतेसम्म लम्बियो निषेधाज्ञा

काठमाडौं। बैतडीमा गत वैशाख २० गतेदेखि लागू गरेको निषेधाज्ञा आगामी साउन १५ गतेसम्म थपिएको छ। आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा साउन १५ गतेसम्म लम्ब्याएको हो। कोरोना संक्रमितको संख्या बढिरहेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए। जिल्लाभित्र सार्वजनिक तथा निजी भाडाका सवारी बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ।

बैतडीमा साउन १५ गतेसम्म लम्बियो निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय बैतडीले गत वैशाख २० गतेदेखि लागू गरेको निषेधाज्ञा आगामी साउन १५ गतेसम्मका लागि थप गरेको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।कोरोना भाइरस सङ्क्रमित थपिँदै गएकाले निषेधाज्ञालाई पनि निरन्तरता दिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए  । अहिलेसम्म सङ्क्रमितको सङ्ख्या हेर्दा निषेधाज्ञा थप गर्नुपर्ने अवस्था आएको उनले बताए ।निषेधाज्ञालाई केही खुकु

कास्कीमा साउन ५ गतेसम्म लम्बियो निषेधाज्ञा, सवारीमा जोरबिजोर कायमै

कास्कीमा साउन ५ गतेसम्म निषेधाज्ञा लम्ब्याएको छ । जिल्ला प्रशासन कार्यालयले कोभिड १९ को संक्रमण दरमा केही कमी आएको भएपनि अपेक्षाकृत नियन्त्रण नभएकाले विभिन्न सेवा खुकुलो बनाउँदै निषेधाज्ञाको अवधि साउन ५ गतेसम्मका लागि थप गरेको हो ।कोरोना भाइरसको संक्रमण मृत्युदर केही घटे पनि अपेक्षाकृत नभएको उल्लेख गर्दै प्रशासनले यसपटक केहि खुकुलो बनाएको छ । यसअघि जारी गरिएको निषेधाज्ञामा सार्वजनिक सवारीहरू जोर बिजोर प्रणालीमा चलाउने र पसल ब्यवसाय बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुल्ला गराउन अनुमति दिएको थियो ।