कास्कीमा साउन ५ गतेसम्म निषेधाज्ञा लम्ब्याएको छ । जिल्ला प्रशासन कार्यालयले कोभिड १९ को संक्रमण दरमा केही कमी आएको भएपनि अपेक्षाकृत नियन्त्रण नभएकाले विभिन्न सेवा खुकुलो बनाउँदै निषेधाज्ञाको अवधि साउन ५ गतेसम्मका लागि थप गरेको हो ।कोरोना भाइरसको संक्रमण मृत्युदर केही घटे पनि अपेक्षाकृत नभएको उल्लेख गर्दै प्रशासनले यसपटक केहि खुकुलो बनाएको छ । यसअघि जारी गरिएको निषेधाज्ञामा सार्वजनिक सवारीहरू जोर बिजोर प्रणालीमा चलाउने र पसल ब्यवसाय बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुल्ला गराउन अनुमति दिएको थियो ।