नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका कारण चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्यटकीय गतिविधि बढेको छ ।
एमालेको चितवनमा जारी महाधिवेशनका लागि आएका पार्टीका नेता, प्रतिनिधि तथा कार्यकर्ताका कारण निकुञ्ज र मध्यवर्ती क्षेत्रको पर्यटकीय चहल पहल बाक्लिएको हो
बाघमारा सामुदायिक वनका कार्यालय सचिव हरि आचार्यले पछिल्लो ३ दिनमा हात्ती सफारी र जंगल सफारी गर्नेको संख्यामा दोब्बरभन्दा धेरैले वृद्धि भएको जानकारी दिए ।
‘कोरोनाका कारण लामो समय बन्द रहेको पर्यटकीय गतिविधिमा एमाले महाधिवेशनले नयाँ तरंग ल्या...