कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा लागेपछि चितवन राष्ट्रिय निकुञ्ज वरपरका मध्यवर्ती सामुदायिक वनमा मध्य वैशाखदेखि बन्द भएको जंगल सफारीलगायतका पर्यटकीय गतिविधि मंगलबारबाट पुनः सुरु भएको छ । पर्यटकहरू वन्यजन्तु हेर्न हात्ती सफारी र जिप सफारी गर्छन् । खोलाहरूमा डुंगा चढ्ने गर्छन् । निकुञ्जभित्र भने तत्काल पर्यटकीय कार्यक्रमहरू सुरु हुने छैनन् ।