चितवन। राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा जङ्गल सफारीबाहेकका थप पर्यटकीय गतिविधि बढाउन नसक्दा यहाँको पर्यटन व्यवसाय सुस्ताउँदै गएको छ । एक पटक जङ्गल सफारी गर्नेलाई दोस्रो पटक आउँदा नयाँपन दिन सक्ने गरी नयाँ ‘प्रडक्ट’ दिन नसक्दा यहाँको पर्यटन गतिविधि चलायमान हुन नसकेको हो ।