भरतपुरमा घुम्नलायक धेरै ठाउँ छन् : मेयर दाहाल

चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरमा घुम्नलायक धेरै ठाउँ रहेको बताउनुभएको छ । भरतपुर–६ लक्ष्मीनारायण मन्दिर पसिरमा आज बिहीवारदेखि सञ्चालनमा आएको डुङ्गाको उद्घाटन समारोहमा मेयर दाहालले भरतपुरमा चितवन राष्ट्रिय निकुञ्ज, दुई ठूला नदी नारायणी र राप्ती रहेकाले पर्यटकीय गतिविधि धेरैभन्दा धेरै गर्न सकिने उल्लेख गर्नुभयो । मेयर दाहालले दाहालले चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी तथा दुई वटा नदीमा बोटिङ, र्‍याफ्टिङ गर्न सकिने बताउनुभयो । मौलाकाली केबलकार गैँडाकोटमा भए ...

सम्बन्धित सामग्री

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला छिट्टै बन्छ : मेयर दाहाल

काठमाडौं, ४ बैशाख । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला छिट्टै बन्ने बताएकी छन्। बागमती प्रादेशिक क्रिकेट सङ्घ र भरतपुर महानगरपालिको संयुक्त आयोजना भएको १६ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता शुभारम्भ गर्दै उनले रङ्गशाला बन्ने निश्चित भएको बताएकी हुन्। प्रमुख दाहालले भनिन्,’अब केही प्रक्रिया मिलाएर राष्ट्रिय खेलकुद परिषद्ले काम अगाडि बढाउन लागेको छ।’ […]

देवघाटको महत्त्वलाई अन्तर्राष्ट्रियकरण गर्न जरुरी छ : मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले देवघाट मेलाको अवलोकन गरेकी छन् । हरेक वर्ष माघे सङ्क्रान्तिको अवसरमा चितवन र तनहुँमा लाग्ने मेलाको मेयर दाहालले स्थलगत अवलोकन गरी त्यहाँको अवस्थाबारे जानकारी लिएकी हुन् ।

भरतपुरलाई देशको नमूना बनाउने उद्देश्य छ : मेयर दाहाल

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको विकासका लागि आफु निरन्तर अघि बढिरहेको बताएकी छन् । भरतपुर आँखा अस्पतालले आयोजना गरेको  अन्तर्राष्ट्रिय (आईएसओ) गुणस्तर चिन्ह हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुरको विकास द्रुत गतिमा अघि बढेको बताइन् । भरतपुरलाई देशको नमूना र विकासको मोडल खडा गर्ने उद्देश्यसहित मैदानमा उत्रिरहेको उनको भनाई थियो ।‘हामी कहिले पनि थाकेका छैनौ’ उनले भनिन्, ‘निरन्तर गतिका साथ अघि बढेका छौ । थाक्नेवाला पनि छैनौ । रोकिनेवाला पनि

अब सर्वसाधारणले नारायणी नदीबाट दुःख पाउँदैनन्ः मेयर दाहाल

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अब नारायणी नदीको बाढीले सर्वसाधारणलाई दुःख नदिने बताएकी छन् । मंगलबार भरतपुर १७ मा रहेको जनकल्याण दुग्ध सहकारी संस्थाको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले नारायणी नदीको दिगो ढङ्गबाट तटबन्धको काम अगाडि बढेको बताइन् । नारायणी नदीबाट पीडित भएका नागरिक अब त्रासमा बस्नु पर्ने अवस्थाको दीर्घकालिन रुपमा समधान भएको मेयर दाहालले दाबी गरिन् ।  ‘नारायणी नदीबाट हुने जनधनको क्षति सदाका लागि अन्त्य हुँदैछ’, उनले भनिन्, &lsquo

भरतपुरबासीलाई खुसी र सुखी बनाउँछौँ : मेयर दाहाल

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरबासीलाई खुसी र सुखी बनाउने कार्यमा अगाडि बढेको बताएकी छन् । ८ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा लाइन्स क्लब अफ चितवन आरोग्यले मंगलबार भरतपुरमा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएकी हुन् । मेयर दाहालले अब हुने विकासका गतिविधिमा भरतपुरबासीलाई कसरी खुसी र सुखी बनाउनेतर्फ ध्यान केन्द्रित गरिएको बताइन् । खुसी महानगरबासी बनाउन विभिन्न विषयगत विज्ञहरुसँग छुटाछुट्टै छलफल, परामर्श एवम् सुझाव संकलन गर्ने कार्य गरिरहेका छौ, उनल

भरतपुरकी मेयर दाहाल दुर्घटनामा घाइते

काठमाडौँ । भरतपुरकी नवनिर्वाचित भएर रेनु दाहाल दुर्घटनामा घाइते भएकी छन् । उनको सुमेरु अस्पतालमा उपचार भइरहेको छ । स्रोतका अनुसार जावलाखेलस्थित स्टाफ कलेज अगाडि उनी चढेको गाडी पोलमा ठोक्किएर दुर्घटना भएको थियो । दाहालको टाउकोमा चोट लागेको छ । उपचारको क्रममा टाउकोमा केही टाँका लगाइएको, अवस्था भने खतरामुक्त रहेको बताइएको छ ।

माओवादी केन्द्रको चितवन इन्चार्जमा मेयर दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रले चितवन जिल्ला इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य एवं भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई दिएको छ । आज (बिहीबार) माओवादी केन्द्रको बागमती प्रदेश समितिले दाहाललाई इन्चार्ज र आरसी अधिकारीलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो । यस्तै अन्य पदाधिकारी भने टुङ्गिन बाँकी रहेको संयोजकको जिम्मेवारी पाएका अधिकारीले जानकारी दिए। माओवादी केन्द्रको आठौँ महाधिवेशनपछि […]

क्रिकेट रंगशालाको स्वामित्व महानगरले लिन्छ : मेयर दाहाल

भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिने भएको छ ।भरतपुरकी मेयर रेणु दाहालले धुर्मुस–सुन्तली फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने बताएकी हुन् । मेयर दहालले धुर्मुस–सुन्तली फाउण्डेशनले आफूलाई १७ करोड ऋण लागिसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट पनि सोचेअनुरुपको सहयोग प्राप्त नभएकोले महानगरलाई स्वामित्व लिन […]

महानगरको प्राथमिकतामा स्वास्थ्य सेवाः मेयर दाहाल

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकाले १ वडा एक स्वास्थ्य केन्द्र घोषणालाई कार्यान्वयनमा ल्याएको बताएकी छन् । भरतपुर महानगरपालिका वडा नं ५ स्थित आनन्दपुरमा सोमबार भीमलाल आधारभूत स्वास्थ्य केन्द्रको भवन शिलान्यास गर्दै प्रमुख दाहालले जनप्रतिनिधीको रूपमा कार्यभार सम्हालेसँगै नगरवासीको आधारभूत स्वास्थ्य सेवालाई प्राथमिकतामा राखी प्रत्येक वडामा न्यूनतम एक स्वास्थ्य केन्द्र स्थापना गर्ने जुन लक्ष्य राखिएको थियो त्यो लक्ष्य पुरा भएको बताइन् । उनले हाल भरतपुर महानगरपालिका