कोरोना संक्रमण दोस्रोपटक तीव्र भएसँगै चितवनमा वैशाख १६ को मध्यरातबाट निषेधाज्ञा जारी भयो । चितवन राष्ट्रिय निकुञ्ज र आसपासको वन क्षेत्रमा हुने पर्यटकीय गतिविधिमा पनि रोक लाग्यो । जिल्लामा निषेधाज्ञा अहिले पनि जारी छ । तर असार ९ यताका सूचनामा गर्न नपाइने कामबाट ‘निकुञ्जको पर्यटकीय गतिविधि’ हटेको छ । यद्यपि पर्यटकीय गतिविधि सुरु हुने अवस्था छैन ।