भारत सरकारले यसपटक नेपाल मामलामा दिने आर्थिक अनुदान बजेट घटाएको छ । अघिल्लो वर्ष सन् २०२१/२२ का लागि नेपालका लागि ९ अर्ब ९२ करोड भारु छुट्याएकोमा यस वर्ष अर्थात् वित्त वर्ष सन् २०२२/२३ का लागि ७ अर्ब ५० करोड भारु मात्र छुट्याएको हो । यसअघि भारत सरकारले वित्त वर्ष २०२०/२१ का लागि नेपाललाई ८ अर्ब ७९ करोड भारु छुट्याएको थियो । मंगलबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले लोकसभामा प्रस्तुत गरेको वित्त वर्ष २०२२/२३ को बजेटमा विदेश मन्त्रालयअन्तर्गत भारतले नेपाल सहित अन्य छिमेकी मुलुकहरूलाई दिने