बागमती प्रदेशमा प्रदेशसभा सदस्यहरुको शपथ आज

बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सदस्यहरूले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दै छन् । बागमती प्रदेशसभा सचिवालय हेटौंडामा दिउँसो २ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय गरेको जनाएको छ । आज प्रदेशसभाका बाँकी १०९ सदस्यहरूको शपथको कार्यक्रम रहेको र उनीहरूलाई प्रदेशसभाका जेष्ठ सदस्य रामप्रसाद ढुंगानाले शपथ ग्रहण गराउने प्रदेशसभा सचिवालयका सचीव कृष्णहरि खड्काले जानकारी दिए । यसअघि बुधबार प्रदेश सभाका ज्येष्ठ सदस्य ढुंगानालाई शपथ गराइएको थियो । प्रदेश सचिवालयका सचिव खड्काका अनुसार शपथ ग्रहणक

सम्बन्धित सामग्री

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरुद्वारा शपथ

बागमती प्रदेशका छजना नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आइतबार आयोजित विशेष समारोहमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराउनुभएको हो । प्रदेश प्रमुखको कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरु उत्तम जोशीले स्वास्थ्य मन्त्रालय, पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र मसिना खड्काले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । त्यस्तै …

बागमतीमा ६ मन्त्रीले लिए शपथ

बागमती प्रदेशमा थप ६ मन्त्रीले शपथ लिएका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् । नेकपा (एकीकृत समाजवादी) का डा राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपक्षी र लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायातमन्त्रीका रुपमा शपथ लिएका छन् । यस्तै नेपाली कांग्रेसका पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी, […]

बागमती प्रदेशमा १५ जनाले लिने मातृभाषामा शपथ

बागमती प्रदेश सभाका नवनिर्वाचित १५ जना प्रदेश सभा सदस्यहरुले मातृभाषामा शपथ लिने भएका छन्। १५ जनामध्ये ११ जनाले नेवारी र ३ जनाले तामाङ भाषामा शपथ लिने प्रदेश सभा सचिवालयले जनाएको छ।  मातृभाषामा...

बागमती प्रदेशका ज्येष्ठ सदस्यको शपथ पुस १३ गते

काठमाडौँ– बागमती प्रदेशमा ज्येष्ठ सांसदको शपथ आगामी पुस १३ गते हुने भएको छ। ज्येष्ठ सांसदले प्रदेश प्रमुखसँग शपथ खाएर बाँकी सांसदलाई शपथ खुवाउने व्यवस्था छ। बाँकी सांसदको शपथ पुस १४ गतेको लागि तय गरिएको छ। बागमती प्रदेशका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणको विषयमा शुक्रबार बसेको सर्वदलीय बैठकले पुस १३ गते दिउँसो २ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य […]

बागमती प्रदेशमा ज्येष्ठ सांसदको शपथ पुस १३ गते

८ पुस, हेटौंडा । बागमती प्रदेशमा ज्येष्ठ सांसदको शपथ पुस १३ गते र बाँकी सांसदहरुको शपथ पुस १४ गते हुने भएको छ । बागमती प्रदेशका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणको विषयमा आज बसेको सर्वदलीय बैठकले पुस १३ गते दिउँसो २ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाको शपथ ग्रहण कार्यक्रम राख्ने सहमति जुटेको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले […]

बागमती प्रदेशमा मुख्यमन्त्री पाण्डेले लिए शपथ, को को बने मन्त्री?

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई एक समारोहबीच शपथ गराए। वुधबार पाण्डेले बहुमत प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश...

बागमती प्रदेश : मन्त्रालयको भागवण्डा मिलाइयो

बागमती प्रदेशमा चार सदस्यीय मन्त्रिपरिषद् गठन हुने भएको छ । जसका लागि बिहीबार हेटौंडामा गठबन्धनका दलहरूको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम र मन्त्रालयको भागवण्डा टुङ्ग्याएको हो । आजै प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री पदमा नियुक्त हुँदैछन् । उनले आजै शपथ ग्रहण गर्नेछन् । मुख्यमन्त्री पाण्डेसँगै अन्य तीन मन्त्री पनि आजै नियुक्त हुँदैछन् । गठबन्धनको दलको तर्फबाट संसदीय दलको उपनेताहरु मन्त्री बन्ने निश्चित भएको नेपाली काँग्रेस बागमती

यी हुन्, बागमती प्रदेशमा नयाँ मन्त्रीका अनुहार

नयाँ मुख्यमन्त्रीमा नियुक्त हुन लागेका राजेन्द्र पाण्डेको बिहीबार नै शपथ हुने सम्भावना छ । गठबन्धनबाट पहिलो चरणमा पाण्डेसहित माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान, कांग्रेस उपनेता कृष्णलाल भडेल र नेकपा (एस)का उपनेता कृष्ण खनालले शपथ लिने तयारी छ । स्रोतका अनुसार माओवादीले आर्थिक मामिला, कांग्रेसले भौतिक पूर्वाधार र नेकपा (एस)ले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नेछन् । गठबन्धनले पहिलो चरणमा मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रपरिषद् गठन गर्ने तयारी गरेको छ । तिहारलगत्तै विश्वासको मत लिने र मन्त्रिपरिषद्लाई पू...

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी

काठमाडौं, भदौ २३ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । मुख्यमन्त्री शाक्यले आजै १० जना मन्त्रीलाई शपथ खुवाउने तयारी गर्नुभएके हो । मुख्यमन्त्री नियुक्त भएलगत्तै अल्पमतमा पर्नुभएकी शाक्यले नेकपा (एमाले) विभाजनमा माधवकमाुर नेपालको साथ छाडेकालाई केही दिनका लागि भए पनि मन्त्री बनाउने तयारी गर्नुभएको हो । नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूको […]

बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मीले लिइन् शपथ

काठमाडौँ– बागमती प्रदेशको मुख्यमन्त्रीमा एमाले नेतृ अष्टलक्ष्मी शाक्यले शपथ लिएकी छन्। उनलाई बुधबार नै एमाले बागमती प्रदेशमा संसदीय दलको नेता चयन गरिएको थियो। एमाले विभाजन भएसँगै मुख्यमन्त्री डोरमणि पौडेलले शाक्यका लागि मार्गप्रसस्त गरेका हुन्। एमालेको माधव नेपाल पक्षसँग निकट रहेकी शाक्य मुख्यमन्त्रीको जिम्मेवारीसहित ओली समूहमै यथावत रहेकी हुन्। मुख्यमन्त्री शाक्यलाई प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईँले […]