काठमाडौँ – तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गरेर नियुक्त गरेका ५३ जना पदाधिकारीविरुद्ध परेको मुद्दाको सुनुवाइ सुरु हुने भएको छ। सर्वोच्चको संवैधानिक इजलासको आजको दैनिक पेशीमा उक्त मुद्दाको सुनुवाइ तोकिएको हो। संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित वरिष्ठ न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन्। […]