सिलिन्डर सीधै अस्पतालमा पठाउँदा समस्या : अक्सिजन उत्पादक संघ

काठमाडौं । नेपालमा कोरोना संक्रमित बिरामीको संख्या दैनिक तीवरूपमा बढेपछि अहिले अक्सिजन सिलिन्डरको माग चुलिएको छ । अक्सिजन सिलिन्डरको आपूर्ति सहज बनाउन व्यावसायिक संस्थाहरूदेखि जलविद्युत् आयोजना, निर्माण व्यवसायी, औद्योगिक क्षेत्रहरूले सिलिण्डर उपलब्ध गराउन सार्वजनिक अपिल गरेका छन् । नेपाल अक्सिजन उत्पादक संघले भने अक्सिजन सिलिन्डर उपलब्ध नभएको जनाकारी दिएको छ । संघका अनुसार अहिले दैनिक १६ हजारदेखि १८ हजार सिलिण्डर अक्सिजन उत्पादन भइरहेको छ भने माग पनि दैनिक ४५ हजारदेखि ५० हजार सिलिन्डरसम्म पुगेको छ । संघका अध्यक्ष गौरव शारडाले काठमाडौं उपत्यकामा मात्रै हाल दैनिक ८ हजार अक्सिजन सिलिण्डर उत्पादन भएको र २४ घण्टा नै प्लान्ट सञ्चालनमा आइरहेको बताए । अहिले नेपालकै उत्पादनबाट अक्सिजनको माग धानिएको छ । यद्यपि सिलिन्डरको अभाव भने कायमै छ । यस्ता सिलिण्डर नेपालले भारत र चीनबाट आयात गर्दै आएको छ । ‘धेरै संख्यामा हाम्रा अक्सिजन सिलिन्डर हराइरहेका छन्,’ शारडाले भने, ‘अहिले चाप बढेपछि अस्पतालहरूले पनि सिलिन्डर लिएर आएका छन् भने प्रशासनले पनि जफत गरी उपलब्ध गराएको छ ।’ विभिन्न संस्थाले सिलिण्डर उपलब्ध गराउन भनेको जानकारी सुनेको भए पनि अहिलेसम्म पाइनसकेको उनको भनाइ छ । यस्तै संघका महासचिव नारायणदत्त तिमल्सिनाले कम्पनीहरूसँग भएकै सिलिण्डरबाट अक्सिजन उपलब्ध गराएको बताए । ‘अहिले संस्थागत रूपमा अपिल गरिए पनि प्रहरी प्रशासनले सीधै अस्पतालमा लगेर बाँडिदिएको छ,’ उनले भने, ‘उद्योगको सम्पत्ति अस्पतालमा लगेर बाँडिदिएपछि अक्सिजन केमा भर्ने समस्या छ ।’ कोभिडबाट संक्रमित बिरामीको उपचारमा अक्सिजन सिलिण्डरको अभाव भएका बेला निजीक्षेत्रका व्यावसायिक संगठनदेखि औद्योगिक क्षेत्र, विद्युत् विभागले सिलिण्डर उपलब्ध गराउन सार्वजनिक अपिल गरेका छन् । हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले पनि शनिवार कोभिड संक्रमित बिरामीको उपचारमा अत्यावश्यक अक्सिजनको अभाव देखिएकाले उद्योगहरूमा प्रयोगमा नरहेका सिलिण्डर सम्बन्धित उत्पादक उद्योगलाई उपलब्ध गराई सघाउन अनुरोध गरेको छ । पोखरा औद्योगिक क्षेत्रले पनि उद्योगहरूमा रहेका सिलिण्डर संकलन गरी ग्यास उद्योगलाई उपलब्ध गराइएको बताएको छ । यस्तै पाटन औद्योगिक क्षेत्रले समेत सिलिण्डर उपलब्ध गराउन आग्रह गरेको छ । नेपाल निर्माण व्यवसायी महासंघले सोमवार अपिल गर्दै देशभर हाल सञ्चालित साढे ६ हजार परियोजनामध्ये लगभग २ हजारमा अक्सिजन सिलिन्डरको प्रयोग भइरहेको बताएको छ । परियोजनामा मौज्दात रहेका सिलिण्डर तत्काल नजिकका अस्पतालमा उपलब्ध गराउन आग्रह गरिएको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए । महासंघले पुल, जलविद्युत् आयोजना लगायतको निर्माणमा प्रयोग भएका अक्सिजन सिलिण्डर संक्रमितको उपचारका लागि उपलब्ध गराउन भनेको छ । यसैगरी निजीक्षेत्रका छाता संगठनहरूले पनि गत बिहीवार संयुक्त रूपमा अपिल गर्दै अक्सिजन प्रयोग गरिरहेका सम्पूर्ण उद्योगलाई मौज्दातमा रहेका सिलिन्डर यथाशीघ्र ग्यास उत्पादक वा नजिकका अक्सिजन उत्पादन प्लान्टमा उपलब्ध गराउन आग्रह गरिसकेको छ । कोभिड संक्रमितको जीवन रक्षाका लागि आवश्यक सिलिन्डरको अभाव हुन नदिन सहयोगका लागि उक्त संस्थाहरूले अपिल गरेका हुन् । विद्युत् विभागले पनि निर्माणाधीन जलविद्युत् आयोजनामा भएका सिलिण्डर उपलब्ध गराउन अनुरोध गरेको छ ।

सम्बन्धित सामग्री

बाजुरा जिल्ला अस्पतालमा अक्सिजन अभाव, उपचारमा समस्या

धनगढी- बाजुरा जिल्ला अस्पतालमा अक्सिजन अभाव भएको छ। अक्सिजन अभाव भएपछि उपचाररत बिरामीलाई समस्या भएकाे छ। अस्पतालमा संचालन गरिएको अक्सिजन प्लान्टमा विद्युत आपूर्ति नहुँदा अक्सिजनको अभाव भएको अस्पतालले जनाएकाे छ। अक्सिजन पलान्ट सञ्चालन गर्न हाई भोल्टेजको विद्युत वा जेनेटरबाट मात्रै संचालन हुने हुँदा जिल्ला अस्पताल बाजुरामा समस्या भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर मिलन जोशीले […]

मोरङको हिमाल अक्सिजन उद्योगमा समस्या, अक्सिजन उत्पादन रोकियो

विराटनगर / कोरोना संक्रमितको संख्या बढिरहेका बेला मोरङको बूढीगंगा गाउँपालिकाको नेमुवामा अक्सिजन उत्पादन गर्दै आएको हिमाल अक्सिजन उद्योगमा भने समस्या आएको छ । मंगलबार बिहान ७ बजेदेखि मोटरमा समस्या भएर उत्पादन बन्द हुँदा अक्सिजन आपूर्ति प्रभावित बनेको छ । उत्पादन र आपूर्ति प्रभावित हुँदा अक्सिजन सपोर्टमा उपचाररत कोरोना संक्रमितलाई समस्या हुनसक्ने उद्योगले जनाएको छ ।... The post मोरङको हिमाल अक्सिजन उद्योगमा समस्या, अक्सिजन उत्पादन रोकियो appeared first on Purbeli News.

वीपी प्रतिष्ठानको अक्सिजन प्लान्ट बिग्रियो, बिरामीको उपचारमा समस्या

धरान । कोरोना संक्रमण दर उच्च भएर अस्पतालहरुमा संक्रमितहरुको चाप बढीरहेकै बेला धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट बिग्रिएको छ। प्लान्ट बिग्रिएर अक्सिजन आपूर्ति हुन नसकेपछि तीन दिनदेखि कोभिड अस्पतलामा भर्ना भएका विरामीहरुलाई सिलिण्डरमार्फत प्रतिष्ठानले अक्सिजन दिइरहेको छ भने नयाँ संक्रमित भर्ना गर्नलाई पनि अनाकानी गर्न थालेको छ। प्रतिष्ठानको अक्सिजन प्लान्टमा बिहीबारदेखि समस्या... The post वीपी प्रतिष्ठानको अक्सिजन प्लान्ट बिग्रियो, बिरामीको उपचारमा समस्या appeared first on Purbeli News.

अक्सिजन अभावले उपचारमा समस्या

वाग्मती, ३ जेठ: मकवानपुरमा एउटा पनि व्यावसायिक रुपमा अक्सिजन उत्पादन गर्ने उद्योग नहुँदा जिल्लामा आवश्यक अक्सिजन आपूर्तिमा समस्या देखिएको छ । जिल्लाभित्र अक्सिजन उद्योग नहुँदा बाहिरी जिल्लाबाट अक्सिजन सिलिन्डर भरेर ल्याउन झन् समस्या हुँदै आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा सहजै रुपमा मागअनुसार पर्याप्त मात्रामा अक्सिजन आपूर्तिमा अभाव हुँदा जिल्लाका विभिन्न अस्पतालमा कोभिड–१९ […]

केएमसीमा पनि अक्सिजन अभाव, कोरोना संक्रमितको उपचारमा समस्या

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा अक्सिजन अभाव हुँदा कोरोना संक्रमितको उपचार प्रभावित भएको छ । अस्पतालमा भएको अक्सिजन सकिएको र सरकारले दिने भनेको कोटाअनुसारको अक्सिजन नपाउँदा बिरामीको उपचारमा समस्या भएको अस्पतालले जनाएको छ ।अक्सिजन नहुँदा उपचाररत विरामी डिस्चार्ज गर्नुपर्ने अवस्था आएको भन्दै अस्पतालले सीसीएमसीलाई बुधबार पत्र पठाएको छ । ‘अक्सिजन सप्लाई गर्न अस्पतालले नयाँ जडान गरेको मेसिनले काम नगरेको यहाँलाई विदितै छ । नेपाल सरकारको कोटाबाट प्राप्त हुने २५० सिलिन्ड

डोल्पामा अक्सिजन प्लान्ट संचालनमा नआउँदा कोरोना संक्रमितको उपचारमा समस्या

जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट संचालनमा नआउँदा कोरोना संक्रमितको उपचारमा समस्या भएको छ । कोरोना संक्रमितको उपचारको भरपर्दो माध्यम मानिएको अक्सिजन नै संचालनमा नहुँदा २४ सै घण्टा अक्सिजन दिनु पर्ने विरामीको लागि समस्या भएको हो ।...

अक्सिजन उत्पादन उद्योगलाई विद्युत् समस्या

दाङ, बैशाख २६ । दाङका अस्पतालमा अक्सिजनको अभाव भइरहेका बेला सञ्चालन भइरहेको अक्सिजन उद्योगले विद्युत् समस्याका कारण क्षमताअनुसार अक्सिजन उत्पादन गर्न सकेको छैन । घोराही उपमहानगरपालिका–३ झिङ्नीमा रहेको दाङ अक्सिजन प्रालिले विद्युत् अनियमितताकै कारण क्षमताभन्दा कम अक्सिजन उत्पादन गर्दै आएको छ ।उद्योगको प्रतिदिन २०० सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमता भए पनि विद्युत् अनियमितताका कारण हाल […]

अल्का अस्पतालमा अक्सिजन सकियो, उपचारमा समस्या

ललितपुर । ललितपुरको अल्का अस्पतालले कोभिडका बिरामीहरुको उपचारमा अक्सिजनको समस्या देखिन शुरु भएको जनाएको छ।  शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै अल्का अस्पतालले अक्सिजन आपूर्तिमा कठिनाइ उत्पन्न भएको जनाएको हो ।‘अहिले आएर संक्रमितहरुको उपचारमा समस्या देखिन शुरु भएको छ’ अल्का अस्पतालका सिइओ दीपेन्द्र पोखरेलले भने, ‘अस्पतालमा बिरामीहरुको चाप बढ्दै गइरहेको छ, अक्सिजन आपूर्तिमा समस्या थपिँदै गइरहेको छ, बिरामीहरुको उपचार कसरी गर्ने ?’उनका अनुसार अल्का अस्पताललाई अहि

'अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार'

दिनप्रतिदिन सुर्खेतमा कोभिड–१९ फैलिँदो छ। अस्पतालमा अक्सिजन अभाव हुँदा कोरोना संक्रमितको उपचारमा उस्तै समस्या छ। अक्सिजन अभावमा मृत्यु दर पनि बढ्दो छ। अक्सिजन अभाव हुँदा उपचारमा समस्या हुन नदिन र अकालमै नागरिकको ज्यान जान नदिन सुर्खेती युवाहरुले ‘अक्सिजन ...