काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ताप्लेजुङ मालपोत कार्यालयका प्रमुख लेखा पनेरु महतलाई एक लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ। अख्तियारको टोलीले उनलाई आज (आइतबार) बिहान नियन्त्रणमा लिएको हो । ताप्लेजुङ फुङलिङ नगरपालिका- ४ कोप्चेबाट नियन्त्रणमा लिइएका मालपोत प्रमुख महतले सेवाग्राहीसँग जग्गा नामसारी गर्न घुस लिएको अख्तियारको दाबी छ।