डाक्टर विष्णुमाया परियारको जस्तो अवसर र सफलता सहजै कसैलाई प्राप्त हुन सक्दैन । आम नेपालीका लागि यो एउटा गर्वको विषय हो । झन् दक्षिण एसियाली मुलुकका दलित र नेपाली दलित समुदायमा महिलाका लागि डाक्टर विष्णुमाया परियार अमेरिकी स्कुलको पाठ्यक्रममा समेटिनु अपूर्व हर्ष, खुसी र गर्वको कुरा हो । विष्णुमायाको विश्वस्तरीय सफलतालाई आम नेपालीले खुसी मनाउनुपर्छ । गर्वले चौडा छाती पारेर भन्नुपर्छ ‘अवसर पाए नेपाली चेली पनि विश्वमा कोहीभन्दा कम छैनन्’ ।विष्णुमाया अमेरिकाका चर्चित नागरिक अधिकारकर