नेपाल र बेलायतबीच श्रम समझदारीमा हस्ताक्षर

काठमाडौँ- नेपालबाट बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी द्विपक्षीय श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सो समझदारी पत्रमा हस्ताक्षर गरिन्। समझदारीअनुसार नेपालका स्वास्थ्य क्षेत्रका जनशक्तिले बेलायतमा रोजगारीका अवसर प्राप्त गर्नेछन् । रोजगारीका लागि बेलायत जाने श्रमिकले […]

सम्बन्धित सामग्री

नेपाल र रोमानियाबीच श्रम समझदारी

नेपाल र युरोपेली मुलुक रोमानियाबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र रोमानियाका श्रममन्त्री सिमोना बुकुरा अप्रेस्कुले आज रोमानियास्थित श्रम मन्त्रालयमा हस्ताक्षर गर्नुभएको हो । रोमानिया नेपाली श्रमिकका लागि आकर्षित र सुरक्षित श्रम गन्तव्यका रुपमा परिचित छ । नेपाल र रोमानियाबीच कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्ष …

'नेपाल श्रम आप्रवासन प्रतिवेदन-२०२२' सार्वजनिक, कतार प्रमुख श्रम गन्तव्य

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२’ सार्वजनिक गरेको छ । नेपालमा श्रम आप्रवासन र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको विविध पाटाहरु समेटेर प्रतिवेदन तयार पारिएको मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा आइतबार काठमाण्डौको हायात होटलमा प्रतिवेदन सार्वजनिक गरिएको हो । श्रम मन्त्री  शेरबहादुर कुँवर र श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले संयुक्त रुपमा प्रतिवेदन सार्वजनिक गर्नुभयो । नेपाली आप्रवासनको सिंहावलोकन, ...

नेपाल र बेलायतबीच श्रम समझदारीमा हस्ताक्षर हुने

नेपाल र बेलायतबीच आगामी सोमबार बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । समझदारी पत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र बेलायतका तर्फबाट नेपालस्थित बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । गत जेठ ३१ गतेको मन्त्रिपरिषद् बैठकले नेपालबाट बेलायतमा स्वास्थ्य क्षेत्रका जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारीपत्र स्वीकृत गरेको थियो ।

नेपाल–जापान श्रम सम्झौता परिमार्जन गर्ने सहमति

काठमाडौँ– तीन वर्षअघि सहमति भई कार्यान्वयनमा नआएको नेपाल र जापानबीचको श्रम सम्झौतालाई परिमार्जन गर्न दुवै पक्ष सहमत भएका छन् । नेपाल र जापानका उच्च अधिकारीहरुको बिहीबार काठमाडौंमा बसेको संयुक्त बैठकले श्रम सम्झौतालाई परिमार्जन गर्ने सहमति भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार नेपाल तथा जापानका समसायिक कानुनी व्यवस्थाहरु समेटेर परिमार्जन गर्नुपर्ने भएकोले […]

श्रम–सम्झौता नवीकरण गर्न नेपाल र कतार सहमत

नेपाल र कतारबीच श्रम–सम्झौता नवीकरण गर्न नेपाल र कतारका श्रममन्त्री सहमत भएका छन् । कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कतारका श्रममन्त्री डा. अल विन समिख...

नेपाल र कतारबीच श्रम सम्झौता नवीकरण गर्ने सहमति

नेपाल र कतारबीच द्विपक्षीय श्रम सम्झौता नवीकरण गर्ने सहमति भएको छ । कतार भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कतारका श्रममन्त्री डा अल वीन समिख अल मारीबीच भएको भेटवार्तामा सो सहमति भएको हो । मन्त्री श्रेष्ठले नेपाल र कतारबीचको श्रम सम्झौता नवीकरणका लागि नेपाल सरकारले पठाएको मस्यौदाबारे समकक्षीलाई जानकारी गराउनुभएको थियो […]

नेपाल र कतारबीच श्रम सम्झौता नवीकरण हुने

कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कतारका श्रममन्त्री डा.अल वीन समिख अल मारीसँग भेटवार्ता गरेका छन् ।  कतारका श्रममन्त्री मारीसँग नेपाल–कतार सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श भएको श्रम मन्त्रालयले जनाएको छ ।मन्त्री श्रेष्ठले नेपाल र कतारबीच श्रम सम्झौता नवीकरणका लागि नेपाल सरकारले पठाएको मस्यौदाबारे मारीलाई जानकारी गराएका थिए । सो क्रममा कार्यदल स्तरमा छलफल गरी मस्यौदालाई छिट्टै अन्तिम रुप दिने र नेपालमा हस्ताक्षर समा

नेपाल र कतारबीच श्रम सम्झाैता पुनरावलाेकन गर्ने सहमति

काठमाडाैं । नेपाल र कतारका उच्चस्तरीय श्रम अधिकारीहरुको बैठकले दुई देशबीच सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति गरेकाे छ । दुई देशका अधिकारीहरु बीच भएको सहमतिमा हाल श्रम सम्झौतामा उल्लेख नभएका विषयहरुका ’boutमा अध्ययन गरेर थप गर्न सहमति बनेको हो । बैठकमा घरेलु कामदारका रुपमा जानेहरु सुरक्षाका लागि कतार र नेपालले गर्नुपर्ने […] The post नेपाल र कतारबीच श्रम सम्झाैता पुनरावलाेकन गर्ने सहमति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कतार-नेपाल श्रम वार्तामा मुख्य सात विषयमा छलफल हुँदै

काठमाडौँ । काठमाडौँमा आज (शुक्रबार)देखि नेपाल र कतारको श्रम मामिलामा ‘ज्वाइन्ट टेक्निकल कमिटी’को बैठक सुरु भएको छ । कतारसँग भएको श्रम सम्झौताअनुसार गठित समितिको बैठक नेपालमा सुरु भएको हो । यसका लागि हिजो (बिहीबार) कतारको श्रम अधिकारीहरुको टोली नेपाल आएका थिए । नेपालका तर्फबाट श्रम मन्त्रालयकी सचिव बिनु बज्राचार्य कुँवरले वार्ता टोलीको नेतृत्व गरेकी छन् […]

कतार-नेपाल श्रम वार्ता : उठ्ला श्रम सम्झौता पुनरावलोकनको मुद्दा ?

१८ कात्तिक, काठमाडौं । यही नोभेम्बर महिनाभित्रै नेपाल र कतारको श्रम मामिलामा ‘ज्वाइन्ट टेक्निकल कमिटी’को बैठक बस्ने तयारी भएको छ । कतारसँग भएको श्रम सम्झौताअनुसार गठित समितिको बैठक नेपालमा गर्ने गृहकार्य भएको हो । विज्ञहरुले सन् २००५मा कतारसँग नेपालले कतारसँग श्रम सम्झौता पुनरावलोकनबारे बैठकमा गम्भीर ढंगबाट मुद्दाहरु उठाउन माग गरेका छन् । श्रम मन्त्रालयले भने […]