विश्वमा सन् २०२० मा विगतको भन्दा धेरै वातावरण तथा भूमि अधिकारका अभियन्ताहरुको हत्या भएको पछिल्लो प्रतिवेदनले उल्लेख गरेको छ । ग्लोबल विट्नेशले प्रकाशित गरेको उक्त प्रतिवेदनअनुसार सन् २०२० मा २२७ वातावरण संरक्षण तथा भूमि अधिकार रक्षाका लागि काम गरिरहेका अभियन्ताहरुको हत्या भएको हो। लगातार दोस्रो वर्ष यति ठूलो संख्यामा संरक्षणकर्मीको हत्या भएको प्रतिवेदनमा उल्लेख छ। […]