सरकारले वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषदलाई पूर्णता दिएको छ । वातावरण संरक्षण ऐन २०७६ को दफा ३२ मा राष्ट्रिय परिषद गठन गर्ने व्यवस्था रहेको छ ।परिषदको अध्यक्षमा प्रधानमन्त्री रहने व्यवस्था छ । सोही अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले परिषदको गठन गरेका हुन् । जसअनुसार परिषदको विज्ञ सदस्यमा डा. बिमल रेग्मी नियुक्त भएका हुन् । जलवायु परिवर्तन तथा अनुकूलनमा विद्यावारिधि गरेका रेग्मीले दुई दशक भन्दा बढी समय जलवायु परिवर्तन, जैविक विविधतामा काम गर्दै आएका छन् । &