भूमि आयोगले फेरि लालपूर्जा वितरण थाल्ने

काठमाडौं ।  निर्वाचन आचारसंहिता सकिएसँगै राष्ट्रिय भूमि आयोगले पुनः आफ्नो नियमित काम सुरु गरेको छ ।आयोगले लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गा धनी प्रमाण पूर्जा वितरणको काम मंसिर २८ गतेबाट सुरु हुने जनाएको हो । आयोगले स्थानीय तहमा पुनः काम सुरु गरिएको जनाएको छ। ४ मंसिरमा भएको आमनिर्वाचनका लागि जारी आचारसंहिता सोमबारबाट सकिसकेको […]

सम्बन्धित सामग्री

भूमिहीनले पाए लालपुर्जा

राष्ट्रिय भूमि आयोग स्थापनायता मकवानपुरका ११९ जना भूमिहीनले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाएका छन् । अव्यवस्थित बसोबासी, भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको पहिचान गरी विभिन्न चरणमा लालपूर्जा वितरण गरिएको हो । नापी कार्यालय मकवानपुरका प्रमुख एवम् राष्ट्रिय भूमि आयोग मकवानपुरका सदस्य सचिव नापी अधिकृत पूर्णहरि सुवेदीका अनुसार हालसम्म मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१३ का ६९ जना, बागमतीका ३९ […]

गुल्मीका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु

२ फागुन, गुल्मी । गुल्मीका सुकुम्बासीलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान गर्न सुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीले जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर भूमिहीन र सुकुम्बासीलाई निस्सा दिन थालेको हो । जिल्लाका १२ वटा स्थानीय तहहरुमध्ये ३ वटा स्थानीय तहमा पुगेर भूमिहीन र सुकुम्वासीलाई निस्सा दिइएको छ । हालसम्म जिल्लाको […]

रुपन्देहीमा जग्गाधनी पूर्जा वितरण सुरु

राष्ट्रिय भूमि आयोग रुपन्देहीले अव्यवस्थित बसोबासीहरुको लागि जग्गाधनी प्रमाण पुर्जा वितरणको सुरुवात गरेको छ । बुटवल उपमहानगरपालिकामा सोमबार एक कार्यक्रमको आयोजना गरी १८ जना जग्गाधनीलाई लालपूर्जा वितरण गरेको हो । बुटवल वडा नं. १९ का  १२ र मायादेवी वडा नं. ८ का १८ जना जग्गाधनीलाई पुर्जा वितरण गरिएको भूमि आयोग रुपन्देहीका अध्यक्ष हरि बहादुर आचार्यले जानकारी दिए । जिल्लामा करिब १ लाख अव्यवस्थित, सुकुम्वासी तथा भूमिहीन रहेको अनुमान गरिएको छ । त्यसमध्ये जिल्लामा अहिले ३ हजार जग्गाधनीको

मोरङमा भूमिहीन दलित र भूमिहीन सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले आज मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा भूमिहीन सुकुम्वासी र भूमिहीन दलित गरेर ३६ वटा लालपुर्जा वितरण गरेकी छन् । राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङ मार्फत कानेपोखरी गाउँपालिकाको वडा नं. ६ का २७ भूमिहीन सुकुम्बासी र ९ भूमिहीन दलित घरपरिवारलाई मन्त्री श्रेष्ठले लालपूर्जा वितरण गरेकी हुन् । मन्त्री श्रेष्ठले यही वर्षभित्रमा गाउँव्लक, पुनःनापी र विशेष नापीबाट बाँकी सम्पूर्ण गाउँव्लकमा लालपूर्जा वितरण गरिसक्ने गरी काम तिब्र पा

पाँच हजार लालपूर्जा वितरण गर्ने तयारी

बारा । राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाराले पाँच हजार लालपूर्जा वितरण गर्ने तयारी गरेको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अगावै पाँच हजार लालपुर्जा बाँड्ने तयारी गरेको हो । आयोगको जिल्ला समितिले भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबास गरेका पाँच हजारलाई तत्कालै लालपुर्जा बाँड्ने गरी काम भइरहेको जनाएको छ । जिल्लाका १६ […]

भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण

सिरहा । सिरहाको धनगढीमाई नगरपालिकाका १ सय १० भूमिहीन सुकुम्बासी घरपरिवारलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिरहाले गरेको लालपुर्जा वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले १ सय १० भूमिहीन सुकुम्वासी घरपरिवारलाई लालपुर्जा वितरण गर्नु भएको हो । मन्त्रालय सम्हालेपछि हालसम्म ५० हजारभन्दा बढी […]

कास्कीमा भूमिहीन र सुकुम्बासीलाई लालपूर्जा वितरण गरिने

कास्कीमा भदौ दोश्रा सातादेखि भूमिहीन र सुकुम्बासीलाई लालपूर्जा वितरण गरिने भएको छ। भूमि आयोग कास्कीले भदौ १३ गतेबाट भूमिहीन र सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने तयारी गरेको हो।...

भूमिहिन दलितले पाए लालपूर्जा, ‘पाउँछु भनेर सोचेकै थिइनँ’

हेटौँडाः मकवानपुर जिल्लाको सुदूरपूर्वमा पर्ने वाग्मती गाउँपालिकामा भूमिहीन दलितले लालपूर्जा पाएका छन्। शुक्रबार राष्ट्रिय भूमि आयोग मकवानपुर जिल्ला समितिमार्फत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले दुई घर परिवारलाई लालपूर्जा वितरण गरेकी हुन्। भूमिहीनका रुपमा १० वर्ष बिताएका वाग्मती ४ का कृष्णबहादुर दर्नालले पहिलोपटक लालपूर्जा पाउँदा खुसी व्यक्त…

सिन्धुलीको मुसहर बस्तीबाट भूमिहीन दलितलाई लालपूर्जा वितरण शुरु

संविधानमा व्यवस्था भएअनुसार भूमिहीन दलितलाई जग्गाको लालपूर्जा वितरणको काम सिन्धुलीको मुसहर बस्तीबाट शुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग, सिन्धुली जिल्ला समिति मार्फत सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ९ को मुसहर बस्तीमा १०६ भूमिहीन घर परिवारलाई लालपूर्जा वितरण गरिएको हो । भूमिहीन दलितलाई लालपूर्जा वितरण कार्यक्रमको आज शुरुवात गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सरकारले शुरु गरेको भूमिहीनलाई जग्गा वितरण गर्ने अभियानमा वास्तविक भूमिहीन कोहीपनि जग्गा

चितवनका गाउँब्लकमा लालपूर्जा वितरण, देशभर १२ हजारले पाए जग्गा धनी पूर्जा

माघ २१, काठमाडौं।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले चितवनको इच्छाकामना गाउँपालिकामा गाउँब्लकमा रहेका भू्मिहिनहरुलाई जग्गा धनी प्रमाण पूर्जा वितरण गरेकी छन् । मन्त्री श्रेष्ठले इच्छाकमनामा गाउँब्लकमा रहेका ३६ घर परिवारलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरेकी हुन् । जग्गा धनी प्रमाण पूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले देशभरीका गाउँब्लकमा रहेका नागरिकलाई जग्गा वितरण गरिसक्ने लक्ष्यसहित मन्त्रालयले अभियान नै सञ्चालन गरिरहेको उनले बताइन् । मन्त्रालयले हालसम्म करीव १२ हजार घर परिवारलाई जग्गा धनी पूर्जा वितरण गरी सकिएको पनि श्रेष्ठले जानकारी दिइन् ।  मन्त्री श्रेष्ठले भूमि भएर पनि भूमि बिहिन बनीरहेकाहरु कोही पनि भूमि पाउनबाट छुट्न नहुनेमा जोड दिदै सरकारले भूमि सम्बन्धी समस्या समाधानका लागि भूमिहिनलाई भूमि दिने कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् । भूमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थीत बसोवासीको समस्या समाधान गर्न विभिन्न स्थानीयतहसँग कार्य सम्झौता गरेर छिटो काम सम्पन्न गर्ने गरी आयोग मार्फत काम अगाडी बढाइसकिएको पनि उनले जानकारी दिइन् । नागरिकका आवश्यकता र आवाज सम्बोधन गर्नुपर्छ भनेर लामा र झन्झटीला प्रक्रिया छोट्याएर छिटो भन्दा छिटो काम गर्ने गरी अगाडी बढिरहेको पनि उनले बताइन् । संविधानमा भएका नागरिकका हक कार्यान्वयन गर्न र भूमिसँग जोडिएका समस्या समाधान गरी नागरिकले अनुभूति गर्ने गरी काम गर्न आफू प्रतिबद्ध भएर लागेको समेत उनको दावी छ । यसैक्रममा मन्त्री श्रेष्ठले महोत्तरीको रामगोपालपुर, सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिङका र तिरहुत गाउँपालिकाको गाउब्लकमा रहेकाहरुलाई पनि जग्गाधनी प्रमाण पूर्जा वितरण गरेकी छिन् ।  २०२१ साल यता देशका विभिन्न जिल्लामा नापी हुँदा गाउँब्लकका रुपमा रही अफ्नो घर जग्गाको लालपूर्जा पाउन नसकेकाहरुलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्न ढिलाई गर्न नहुनेमा मन्त्री श्रेष्ठले जोड दिदै आएको उनको सचिवालयले जनाएको छ ।  यसैबीच आजै मन्त्री श्रेष्ठको उपस्थितीमा राष्ट्रिय भूमि आयोग र चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाबीच भूमिहिन दलित, भूमिहिन सुकुम्वासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने सम्बन्धमा कार्य सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ । राष्ट्रिय भूमि आयोगले यसअघि ६८ वटा स्थानीय तहसँग भूमिहिन दलित, भूमिहिन सुकुम्वासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने सम्बन्धमा कार्य सहमतिपत्रमा हस्ताक्षर गरी काम शुरु गरिसकेको छ ।