चितवनका गाउँब्लकमा लालपूर्जा वितरण, देशभर १२ हजारले पाए जग्गा धनी पूर्जा

माघ २१, काठमाडौं।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले चितवनको इच्छाकामना गाउँपालिकामा गाउँब्लकमा रहेका भू्मिहिनहरुलाई जग्गा धनी प्रमाण पूर्जा वितरण गरेकी छन् । मन्त्री श्रेष्ठले इच्छाकमनामा गाउँब्लकमा रहेका ३६ घर परिवारलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरेकी हुन् । जग्गा धनी प्रमाण पूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले देशभरीका गाउँब्लकमा रहेका नागरिकलाई जग्गा वितरण गरिसक्ने लक्ष्यसहित मन्त्रालयले अभियान नै सञ्चालन गरिरहेको उनले बताइन् । मन्त्रालयले हालसम्म करीव १२ हजार घर परिवारलाई जग्गा धनी पूर्जा वितरण गरी सकिएको पनि श्रेष्ठले जानकारी दिइन् ।  मन्त्री श्रेष्ठले भूमि भएर पनि भूमि बिहिन बनीरहेकाहरु कोही पनि भूमि पाउनबाट छुट्न नहुनेमा जोड दिदै सरकारले भूमि सम्बन्धी समस्या समाधानका लागि भूमिहिनलाई भूमि दिने कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् । भूमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थीत बसोवासीको समस्या समाधान गर्न विभिन्न स्थानीयतहसँग कार्य सम्झौता गरेर छिटो काम सम्पन्न गर्ने गरी आयोग मार्फत काम अगाडी बढाइसकिएको पनि उनले जानकारी दिइन् । नागरिकका आवश्यकता र आवाज सम्बोधन गर्नुपर्छ भनेर लामा र झन्झटीला प्रक्रिया छोट्याएर छिटो भन्दा छिटो काम गर्ने गरी अगाडी बढिरहेको पनि उनले बताइन् । संविधानमा भएका नागरिकका हक कार्यान्वयन गर्न र भूमिसँग जोडिएका समस्या समाधान गरी नागरिकले अनुभूति गर्ने गरी काम गर्न आफू प्रतिबद्ध भएर लागेको समेत उनको दावी छ । यसैक्रममा मन्त्री श्रेष्ठले महोत्तरीको रामगोपालपुर, सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिङका र तिरहुत गाउँपालिकाको गाउब्लकमा रहेकाहरुलाई पनि जग्गाधनी प्रमाण पूर्जा वितरण गरेकी छिन् ।  २०२१ साल यता देशका विभिन्न जिल्लामा नापी हुँदा गाउँब्लकका रुपमा रही अफ्नो घर जग्गाको लालपूर्जा पाउन नसकेकाहरुलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्न ढिलाई गर्न नहुनेमा मन्त्री श्रेष्ठले जोड दिदै आएको उनको सचिवालयले जनाएको छ ।  यसैबीच आजै मन्त्री श्रेष्ठको उपस्थितीमा राष्ट्रिय भूमि आयोग र चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाबीच भूमिहिन दलित, भूमिहिन सुकुम्वासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने सम्बन्धमा कार्य सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ । राष्ट्रिय भूमि आयोगले यसअघि ६८ वटा स्थानीय तहसँग भूमिहिन दलित, भूमिहिन सुकुम्वासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने सम्बन्धमा कार्य सहमतिपत्रमा हस्ताक्षर गरी काम शुरु गरिसकेको छ ।  

सम्बन्धित सामग्री

चुलाचुली गाउँपालिकाका २३ परिवारलाई लालपूर्जा वितरण

बैतडी- चुलाचुली गाउँपालिकामा रहेका २३ घरपरिवारलाई लालपूर्जा वितरण गरिएको छ। भूमि आयोगद्वारा लाजपुर्जा गाउँपालिकाका भूमिहीन परिवारलाई वितरण गरिएको हो। लामो समयदेखि काम थालिएको भए पनि विभिन्न प्रक्रिया पूरा भएपछि जग्गा वितरण गरिएको हो। जग्गाको धनीपूर्जा पाएपछि उनीहरू खुसी भएका छन्। जग्गाविहीनहरूले अबमात्र आफूहरू बस्दै आएको जग्गा आफ्नो नाममा भएको भन्दै खुसी जनाएका छन्। सो गाउँपालिकासहित […]

बाँकेका सुकुम्बासीले पाएनन् लालपूर्जा

काठमाडौं । बाँकेका भूमिहीन दलित सुकुम्बासीहरुले अहिलेसम्म लालपूर्जा पाउन नसकेको गुनासो गरेका छन् । बाँकेका भूमिहीन, दलित सुकुम्वासी र अव्यवस्थित बसोवास गर्ने करिव ५७ हजार सुकुम्वासीहरुले अहिलेसम्म लालपूर्जा पाउन नसकेको गुनासो गरेका हुन् । वन ऐनको कारण राष्ट्रिय भूमि आयोगले भूमीहीन,दलित सुकुम्वासी र अव्यवस्थित सुकुम्बासीहरूलाई जग्गाको लालपूर्जा वितरण गर्न ढिलाई भएको जनाएको छ । जग्गा […]

भूमि आयोगले फेरि लालपूर्जा वितरण थाल्ने

काठमाडौं, मंसिर २७ । निर्वाचन आचारसंहिता सकिएसँगै राष्ट्रिय भूमि आयोगले पुनः आफ्नो नियमित काम सुरु गरेको छ । आयोगले लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गा धनी प्रमाण पूर्जा वितरणको काम मंसिर २८ गतेबाट सुरु हुने जनाएको हो । आयोगले स्थानीय तहमा पुनः काम सुरु गरिएको जनाएको छ। ४ मंसिरमा भएको आमनिर्वाचनका लागि जारी […]

मकवानपुरमा भूमिहीन दलितलाई लालपूर्जा वितरण

संविधानमा व्यवस्था भएअनुसार भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरणको कामलाई तिब्र पारिएको छ ।  मकवानपुरको बागमती गाउँपालिकाको वडा नं. ४ मा भूमिहीन दलितलाई लालपूर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले देशभर रहेका सबै भूमिहीनलाई जग्गा प्राप्त गर्ने गरी अभियान तिब्र पारिएको बताइन् । मन्त्री श्रेष्ठले एक वर्षभित्र देशभर रहेका सबै खालका भूमिहीनहरुले जग्गा प्राप्त गर्ने अभियान अगाडी बढिसकेको भन्दै सरकारले शुरु गरेको

सिन्धुलीको मुसहर बस्तीबाट भूमिहीन दलितलाई लालपूर्जा वितरण शुरु

संविधानमा व्यवस्था भएअनुसार भूमिहीन दलितलाई जग्गाको लालपूर्जा वितरणको काम सिन्धुलीको मुसहर बस्तीबाट शुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग, सिन्धुली जिल्ला समिति मार्फत सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ९ को मुसहर बस्तीमा १०६ भूमिहीन घर परिवारलाई लालपूर्जा वितरण गरिएको हो । भूमिहीन दलितलाई लालपूर्जा वितरण कार्यक्रमको आज शुरुवात गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सरकारले शुरु गरेको भूमिहीनलाई जग्गा वितरण गर्ने अभियानमा वास्तविक भूमिहीन कोहीपनि जग्गा

करिब २० हजार भूमिहीनलाई लालपूर्जा वितरण

१३ चैत, काठमाडौं । सरकारले गाउँ ब्लकमा रहेका करिब २० हजार भूमिहीनलाई जग्गा धनी पूर्जा (लालपूर्जा) वितरण गरेको छ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आफूले मन्त्रालय सम्हालेपछि सो संख्यामा रहेका भूमिहीनलाई लालपूर्जा वितरण गरेको जानकारी दिइन् । बाँकेको कोहलपुर नगरपालिका-३ स्थित गाउँ ब्लकमा रहेका ९६ घरपरिवारलाई आइतबार लालपूर्जा वितरण गर्दै […]

कैलालीमा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित परिवारलाई लालपूर्जा वितरण सुरु

कैलाली । कैलाली जिल्लाको कैलारी गाउँपालिकाले जग्गा उपभोग गरिरहेको लालपूर्जा वितरण गर्न सुरु गरेको छ । याे गाउँपालिकाले पहिलो चरणमा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित ८८ परिवारलाई जग्गाको लालपूर्जा वितरण कार्य सुरु गरेको हो । कैलारी गाउँपालिकाले सबैलाई सम्मान रुपमा लालपूर्जा वितरण गर्ने लक्ष्य समेत राखेको छ । गाउँपालिकाले पहिलो चरणमा हौसलपुरका २८ र मोहनपुरका ६० […]

कीर्तिपुर स्वबासीमा घरजग्गाको जग्गा धनी लालपूर्जा वितरण

सरकारले कीर्तिपुर ५ वडा पांगाको खाःचो बस्तिमा स्वबासीलाई जग्गा धनी प्रमाण पत्र लालपूर्जा वितरण गरेको छ । २०१९ सालको जग्गा नापजाँच ऐनपछि ब्लक नापी भई हालसम्म ब्लकमै रहेका जग्गाको सरकारले पुनः कित्ता नाप गरी मंगलबार लालपुर्जा वितरण गरिएको हो । नापी भएर अहिलेसम्म ब्लकमा रहेका ३६ वटा कित्ताका ३२ स्थानीय घर परिवारलाई भूमि ब्यवस्था, सहकारी […]

मन्त्री श्रेष्ठद्वारा लालपूर्जा वितरण

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सुनसरीको भोटेकोशी गाउँपालिकामा रहेको गाउँब्लकका २८ घर परिवारलाई लालपुर्जा वितरण गरेकी छन् । मन्त्री श्रेष्ठले शुक्रबार ती घरपरिवारलाई लालपुर्जा वितरण गरेकी हुन् ।लालपूर्जा वितरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अब जिल्लाका सबै गाउँब्लकमा लालपूर्जा वितरण प्रक्रिया अघि बढाइने बताइन् । मन्त्री श्रेष्ठले गाउँब्लकको जग्गा धनी प्रमाण पुर्जा वितरण अभियानमा भूमि भएर पनि भूमि विहिन बनिरहेकाहरु कोही पनि छुट्न नहुनेमा जोड  दिइन् ।&

लालपूर्जा वितरण गर्ने कामलाई उच्च प्राथमिकतामा राख्नुपर्छ : मुख्यमन्त्री पौडेल

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले चालू आर्थिक वर्षभित्रै प्रदेशका विभिन्न जिल्लाको अव्यवस्थित बसोबास गर्ने जनताको जग्गा नापजाँच गरी लालपूर्जा वितरण गर्ने कामलाई भूमि आयोगका पदाधिकारीले उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा शुक्रवार हेटौंडामा आयोजित भूमि व्यवस्था आयोगका पदाधिकारी एवं बागमती प्रदेशका १३ जिल्लाका भूमि आयोगका पदाधिकारीको ंसंयुक्त समीक्षा गोष्ठीमा उनले प्रदेश सरकारले पनि आगामी आर्थिक वर्षभित्र प्रदेशमा बसोबार गर्ने जनतालाईं उनीहरूले हकभोग गरेक...