राष्ट्रिय भूमि आयोग स्थापनायता मकवानपुरका ११९ जना भूमिहीनले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाएका छन् । अव्यवस्थित बसोबासी, भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको पहिचान गरी विभिन्न चरणमा लालपूर्जा वितरण गरिएको हो । नापी कार्यालय मकवानपुरका प्रमुख एवम् राष्ट्रिय भूमि आयोग मकवानपुरका सदस्य सचिव नापी अधिकृत पूर्णहरि सुवेदीका अनुसार हालसम्म मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१३ का ६९ जना, बागमतीका ३९ […]