संविधानमा व्यवस्था भएअनुसार भूमिहीन दलितलाई जग्गाको लालपूर्जा वितरणको काम सिन्धुलीको मुसहर बस्तीबाट शुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग, सिन्धुली जिल्ला समिति मार्फत सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ९ को मुसहर बस्तीमा १०६ भूमिहीन घर परिवारलाई लालपूर्जा वितरण गरिएको हो । भूमिहीन दलितलाई लालपूर्जा वितरण कार्यक्रमको आज शुरुवात गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सरकारले शुरु गरेको भूमिहीनलाई जग्गा वितरण गर्ने अभियानमा वास्तविक भूमिहीन कोहीपनि जग्गा