स्याङ्जाको राम्दीघाटमा २५ जनाभन्दा बढी मलामी जम्मा हुन नपाइने भएको छ । राम्दी बजार व्यवस्थापन समितिले राम्दीमा २५ जनाभन्दा बढी मलामी जम्मा हुन नपाउने निर्णय गरेको हो ।बजार व्यवस्थापन समितिको बैठकले २५ जनाभन्दा बढी मलामी जम्मा हुन नपाउने निर्णय गरेको समितिका सदस्य शिवहरी अमात्यले जानकारी दिए । बैठकले राम्दीमा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्रै शव जलाउन पाइने निर्णय गरिएको उनले बताए ।राम्दीमा धार्मिक कार्यक्रमहरु पनि पूर्ण रुपमा बन्द गरिएको छ । दिनहुँ संक्रमितको संख्या बढिरहेको भन्दै