आज भेटिए जम्मा २ जना कोभिड संक्रमित

काठमाडौं: निर्वाचनको दिन देशभर जम्मा २ जना कोभिड १९ का संक्रमित भेटिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार २४० जनामा गरिएको परिक्षणमा जम्मा २ जना कोभिड १९ का संक्रमित भेटिएका हुन। यस्तै आज १४ जना संक्रमित संक्रमणमुक्त भएका छन। मन्त्रालयको विवरण अनुसार हालदेशभर जम्मा ४२० जना कोभिडका सक्रिय संक्रमित रहेका छन। 

सम्बन्धित सामग्री

आइतबार कोभिडको नयाँ संक्रमित भेटिएनन्

काठमाडौं : नेपालमा कोभिड १९ संक्रमण देखिएको झन्डै तीन वर्षपछि आइतबार कुनै पनि नयाँ संक्रमित थपिएका छैनन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आइतबार १९९ वटा नमुना परीक्षण गर्दा नयाँ संक्रमितको संख्या शून्य रहेको हो। आज २ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा ११ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। नेपालमा विसं २०७६ साल माघको पहिलो साता पहिलो पटक कोभिड संक्रमित भेटिएका थिए। हाल नेपालमा कोभिड

उद्यमी व्यवसायी र कामदारको जीवनरक्षा पहिलो प्राथमिकतामा : महासंघ

काठमाडौं (अस) । नेपाल घरेलु तथा साना उद्योग महासंघले अहिलेको विषम परिस्थितिमा पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवनरक्षा भएको बताएको छ । पछिल्ला दिनमा कोभिड १९ को दोस्रो चरणको प्रकोपबाट लघु घरेलु तथा साना उद्योग बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्थालाई सुचारु राख्न उद्यमीले प्रयास गरिरहेको महासंघ अध्यक्ष श्याम गिरीले बताए । अध्यक्ष गिरीका अनुसार पछिल्लो तथ्यांकमा महासंघको विभिन्न तहमा रहेका सदस्य उद्यमीमध्ये ताप्लेजुङमा २ जना, काभ्र्रेमा १ जना, कैलालीमा २ जना, पर्सामा १ जना, सुर्खेतमा २ जना, बाँकेमा ५ जना, दाङमा २ जना, सल्यानमा १ जना, मकवानपुरमा १ जना, संखुवासभामा १ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् । हाल ११९ जना लघु, घरेलु तथा साना उद्यमी कोभिड संक्रमित भई उपचाररत रहेको महासंघले बताएको छ । जनसमुदाय र लघु घरेलु तथा साना उद्यमीलाई सरकारद्वारा जारी स्वास्थ्य प्रोटोकलको पालना गर्दै आफना कामदारको स्वास्थ्य सुरक्षाका लागि सम्भव भएसम्मका उपाय अवलम्बन गरी आफना उद्यम व्यवसाय सञ्चालन गर्न महासंघले आग्रह गरेको छ । कोभिडका कारण समग्र जनजीवन अस्तव्यस्त र निषेधाज्ञा जारी भएको हालका अवस्थामा समेत आन्तरिक राजश्व विभागले कर तिर्न ताकेता गर्नु अनुपयुक्त भएको अध्यक्ष गिरीले बताए । कर तिर्ने म्याद कम्तीमा ६ महिना बढाउन सरकारसँग उनले माग गरे । महासंघले कोभिड प्रकोपको विषम परिस्थितिमा सुमधुर व्यावसायिक वातावरण कायम राख्न बैंक तथा वित्तीय संस्थासँग आग्रह गरेको छ । यस्तै, पुनकर्जा कार्यविधिमा व्यवस्था गरिएका प्रावधानले आफ्ना उद्यम व्यवसायमा काम गर्ने कामदालाई बैंकमा खाता खोली पारिश्रमिक भुक्तान गर्ने र नियमित रूपमा कर कट्टा गरी आयकर दाखिला गर्ने उद्यम व्यवसायले मात्रै पुनकर्जा पाउने व्यवस्था लघु घरेलु तथा साना व्यवसायीको हकमा लागू हुने अवस्था नरहेको महासंघ अध्यक्ष गिरीको भनाइ छ ।