काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल लिमिटेडले ठमेललाई नियुक्त गरेको छ । अव कम्पनीको सम्पूर्ण धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिल खारेज गर्ने लगायतका सम्पूर्ण कार्यहरु हिमालयन क्यापिटलबाट हुनेछन् । कम्पनीले चैत १ गते देखि लागू हुने गरी हिमालयन क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको कम्पनीले जानकारी दिएको हो ।
साथै, हाल सिभिल क्यापिटलबाट प्रदान हुँदै आएको शेयर रजिष्ट्रार सेवा सम्बन्धी कार्यहरू शेयर रजिष्ट्रार सेवा हस्तान्तरणका लागि आवश्यक कामकारबाही सम्पन्न गर्नका निम्ति चैत १ गते देखि ७ गतेसम्म बन्द रहने कम्पनीले उल्लेख गरेको छ ।