जेठ १९, रौतहट । रौतहटको चन्द्रपुरमा रहेको कृषि विकास बैंक लिमिटेड शाखाले एटीएम सेवा सुचारु गरेको छ ।
नेपाल बैंकर संघका अध्यक्ष तथा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले बुधवार एक कार्यक्रम बीच संयुक्त रुपमा बैंकको एटिएम सेवाको उद्घाटन गरेका हुन् ।
सो कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख कार्यकारी अधिकृत उपाध्यायले कृषि विकास बैंकले चन्द्रपुर लगायत यस जिल्लालाई नै समेट्ने गरी ग्राहकमुखी कार्य गर्दै आएको बताए ।
गरीबभन्दा गरीब किसानको जिवनस्तर उकास्नमा पनि त्यतिकै मद्दत पुर्याउन बैंकले व्यवसायीक कृषि कर्जामा विशेष जोड दिदैं आएको तथा आगामी दिनमा विभिन्न सेवाहरु प्रदान गर्ने बताए ।
चन्द्रपुर नगरपालिकाका नगर प्रमुख काफ्लेले बैंकबाट सेवाग्राहीहरुले सर्वसुलभ बैंकिङ सेवा पाइरहेको कुराहरुमा आफू ढुक्क रहेको बताए ।
सो कार्यक्रममा कृषि विकास बैंकका उप–महाप्रबन्धक बाबुकाजि थापा, प्रदेश निर्देशक नारायण प्रसाद आचार्य चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रबि राना मगर, कृषि विकास बैंक चन्द्रपुर शाखाका प्रमुख बिनोद पौडेल लगायतको सहभागिता रहेको थियो ।