काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम मेशिन थपिने भएको छ । अनअराइभल भिसामा नेपाल आउने विदेशी पर्यटकहरूका लागि विद्युतीय भुक्तानीमा समस्या देखिएपछि राष्ट्रिय वाणिज्य बैंकले एटीएम थप्न थालेको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलको अनअराइभल कक्षमा आज साेमवार नै राष्ट्रिय वाणिज्य बैंक एटीएम मेशिन जडान गरिने तयारीअनुसार काम भइरहेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि विमानस्थलमा प्रभु बैंकको एउटा एटीएम मेशिन मात्रै भएको र त्याे ...