काठमाण्डाै – सहकारी संस्थाहरूले आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्न सक्ने भएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले मात्रै आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्दै आएकामा अबदेखि सहकारी संस्थाहरूले पनि जारी गर्न सक्ने भएका छन् । आज आइतवार स्मार्ट च्वाइस टेक्नोलोजिज, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आईएमई बैंकबीच भएकाे सम्झौताले सहकारीलाई कुप कार्ड जारी गर्ने सम्बन्धमा बाटो खोलेको हो । याे सम्झौता पत्रमा स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत...