अब सहकारीले पनि एटीएम कार्ड जारी गर्न सक्ने

काठमाडौँ– सहकारी संस्थाहरुले आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्न सक्ने भएका छन्। बैंक तथा वित्तिय संस्थाहरुले मात्रै आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्दै आएकोमा अबदेखि सहकारी संस्थाहरुले पनि जारी गर्न सक्ने भएका छन्। आइतबार स्मार्ट च्वाइस टेक्नोलोजिज, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकबीच सम्झौताले सहकारीलाई कुप कार्ड जारी गर्ने सम्बन्धमा बाटो खोलेको हो। उक्त […]

सम्बन्धित सामग्री

सहकारीले ‘कोप ब्राण्ड’मा एटीएम कार्ड जारी गर्न पाउने

काठमाडौं । सहकारी संस्थाहरूले ‘कोप कार्ड’ ब्राण्डमा एटीएम कार्ड जारी गर्न पाउने भएका छन् । राष्ट्रिय सहकारी बैंकले भुक्तानी सेवा प्रदायक कम्पनी स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) तथा ग्लोबल आईएमई बैंकसँग सहकार्य गरी एटीएम कार्ड सेवा शुरू गर्न लागेको हो ।  एससीटी, ग्लोबल आईएमई र सहकारी बैंकबीच आइतवार औपचारिक सम्झौता भएको छ । तीन महीनाभित्र सहकारी संस्थाहरूले सदस्यका लागि एटीएम कार्ड जारी गर्न सक्ने सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले जानकारी दिए । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत भुक्तानी प्रणाली सञ्चालक तथा सेवा प्रदायक कम्पनीहरूले सहकारीका सदस्यलाई विद्युतीय भुक्तानी सेवा दिन सक्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था अनुसार ठूला केही सहकारीले एससीटीसँग सम्झौता गरी एटीएम सेवा शुरू गरेका छन् । संघीय सहकारी विभागले पनि फागुन १ गते एकीकृत निर्देशन जारी गर्दै सहकारीहरूले भुक्तानी प्रणाली/सेवा प्रदायक कम्पनीहरूसँग सम्झौता गरी एटीएम, क्यूआर कोड, मोबाइल बैंकिङलगायत सेवा दिन सक्ने व्यवस्था गरेको छ । यस्तो कारोबार गर्न संस्थाको विनियममा उल्लेख गर्नुपर्ने र सम्झौता भएको एक महीनाभित्र नियामकलाई जानकारी दिनुपर्ने प्रावधान छ । तर, थोरै लगानी भएका सहकारीले एटीएम सेवा सञ्चालनमा लगानी गर्न नसक्ने भएकाले सहकारी बैंकमार्फत कार्ड सेवा सञ्चालन गरिएको सीईओ गुरागाईंले बताए । अब सहकारी संस्थाहरूले बैंकसँग सम्झौता गरेर एटीएम सेवा दिन सक्छन् भने कारोबारको फछर्योट समेत सहकारी बैंकबाटै हुनेछ । बैंकसँग सम्झौता गरी सहकारीहरूले जारी गर्ने कार्डबाट ग्लोबल आईएमई बैंकका तीन सयभन्दा बढी एटीएम काउन्टरबाट निःशुल्क रकम झिक्न पाइनेछ । यसैगरी कार्डबाट पीओएस (पोइन्ट अफ सेल)मा पनि तिर्न र डिपार्टमेन्टल स्टोर, सुपरमार्केटहरूमा रकम भुक्तानी गर्न सकिनेछ । हाल केही सहकारीले एससीटीसँग सम्झौता गरी एटीएम सेवा दिए पनि हिमालयन बैंकमार्फत सेटलमेन्ट हुँदै आएको थियो । त्यसका लागि सहकारी संस्थाले निश्चित रकम बैंकको खातामा राख्नुपर्ने बाध्यता थियो । सहकारी बैंकमार्फत सेवा लिँदा सहकारी संस्था र सदस्यहरूका लागि समेत सस्तो पर्ने बैंकले बताएको छ । एससीटीले चीनको यूपीआईसँग सहकार्य गर्दै केही समय अघिदेखि सहकारीलाई कार्ड सेवा दिइरहेको छ ।

सुर्खेत पुग्यो शिवशिखरको एटीएम सेवा

पछिल्लो समय एटीएम सेवा विस्तारमा आक्रामक हुँदै गएको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले सुर्खेतको वीरेन्द्रनगर अर्को एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।  यो सहकारीले वीरेन्द्रनगर नगरपालिका–१० मा एटीएम सेवा सञ्चालनमा ल्याएको सहकारीले जानकारी दिएको छ ।  मंगलवार एक कार्यक्रमका बीच वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले एटीएम सेवा सञ्चालनको शुरूवात गरेका हुन् ।  भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यलाई प्रविधिमैत्री बनाउने उद्देश्यले एट...

नेपालगञ्जमा शिवशिखर सहकारीको एटीएम सेवा

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बाँकेको नेपालगञ्जमा एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।  आफ्ना सदस्यलाई प्रविधिमैत्री बनाउने र सरल सहज रूपमा वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले सहकारीले एटीएम सेवा सञ्चालनमा ल्याएको हो ।  भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले मुलुकका विभिन्न २४ स्थानमा आफ्ना सेवा केन्द्र विस्तार गरेको छ ।  संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लीलानाथ गौतमका अनुसार आफ्ना सेवा केन्द्र रहेका सबै स्थानमा एटीएम सेवा विस्तार गर्ने संस्थाको योजना छ ...