मध्य असोजमा जुम्लाका खेतहरू लहलह धानले ढाकिएका छन् । विशेषगरी काली मार्सी धान उत्पादन हुने क्षेत्रको रुपमा जुम्ला देशभर प्रसिद्ध छ । चन्दननाथ र आसपासका किसानहरू भने पाक्दै गरेको धान काट्न उत्साही छन् । त्यसो त चन्दननाथका किसानले जिल्ला कृषि अनुसन्धान केन्द्रको सिफारिसमा लेकाली जातको धान रोपेका थिए ।