जुम्ला - जुम्लाका किसानलाई अहिले मार्सी धान रोप्न भ्याइनभ्याइ छ । उनीहरु बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुने गरेका छन् । जेठको पहिलो हप्तादेखि असारको दोस्रो हप्तासम्म जिल्लाभर धान रोपाइँ हुने गर्छ ।
पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित हुन थालेका छन् । जुम्लामा उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि मार्सी धान खेती बर्सेनि बढेको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेश अधिकारीले बताउनुभयो । जिल्लाका सात गाउँपालिका, एक नगरपालिकाको सिञ्जा च...