जुम्ला – जुम्लाको कालीमार्सी चामलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा व्यापक माग हुन थालेपछि मार्सी धानलाई सुरक्षित गर्न यहाँका किसानले बीमा गर्न थालेका छन् ।
पातारासी गाउँपालिका ३ का किसान कृष्णबहादुर महताराले दुई हजार सात सय २५ वर्गमिटर जग्गामा मार्सी धान राेप्नुभएकाे छ । दुई हप्ताअघि मात्रै प्रिमियमबापत तीन सय ३५ रुपैयाँ तिरेर उहाँले धानखेतको बीमा गर्नुभएकाे छ । अब त्याे मार्सी धान नभित्र्याउँदासम्म केही क्षति भए बीमाबापत २६ हजार पाँच सय रुपैयाँ उहाँले प्राप्त गर्नुहुनेछ । त्यही वडाका पदमबहादुर महताराले प...